विश्वका सय प्रदूषित सहरमा काठमाडौं, प्रदूषित देशमा नेपाल आठौं स्थानमा

एउटा नयाँ प्रतिवेदनका अनुसार वायु प्रदुषणयुक्त देशहरुमध्ये नेपाल आठौं स्थानमा देखिएको छ।

तर, विश्वका सबैभन्दा प्रदूषित वायुयुक्त १ सय सहरहरुमध्ये काठमाडौं

सयौं स्थानमा छ।

यी १ सय वायूप्रदूषित सहरमध्ये २२ वटा सहर भारतमा छन्। तीमध्ये सबैभन्दा प्रदूषित सहर भारतको दिल्ली हो। भारतका यी २२ सहरलाई विश्वका सबैभन्दा दूषित ३० सहरको सूचीमा राखिएको छ।
वर्ष २०१९भरिको हावाको गुणवेक्ता विश्लेषण गर्दै एयर भिजुअलले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो।

पिएम २.५को आधारमा उसले वायुको गुणवेक्ता केलाएर हेर्ने गर्दछ। यसैको आधारमा विश्वको सबैभन्दा प्रदूषित सहरमा नयाँ दिल्ली देखिएको छ।
त्यसैगरी चीनका पनि थुप्रै सहरहरु प्रदूषित सहरको सूचीमा छन्। यद्यपि २०१८को भन्दा चीनका सहरहरुले प्रदूषणको मात्रा केही घटाउन सफल भएको प्रतिवेदनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय