दक्षिण कोरिया र इरानमा भाइरस संक्रमण निकै तीव्र

नोबेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण उहानपछि विश्वका अन्य देशमा फैलिन थालेको छ।

दक्षिण कोरिया, इरान र इटलीमा भाइरस संक्रमण निकै तीव्र गतिमा फैलिन थालेको हाे।

इरानमा चीनसँग कुनै सम्बन्ध नै नभएको र विल्कुलै ‘नयाँ’ मानिसमा भाइरस संक्रमण देखिएको छ। र, अहिलेसम्म त्यहाँ यो भाइरसका कारण १२ जनाको मृत्यु भइसकेको छ।

विश्व स्वास्थ्य संगठनले यसलाई निकै चिन्ताको विषय भनेको छ। अन्य देशमा देखिएका संक्रमित र मृत्यु भएकाहरू कुनै न कुनै रूपमा चीनको उहानसँग जोडिएका छन्। तर, इरानमा भने चीनसँग कुनै पनि ‘सम्बन्ध नै नभएर’ भाइरस संक्रमण फैलिएको छ।

भाइरस संक्रमणका कारण चीनबाहेक इरानमा १२, दक्षिण कोरिया आठ, इटली सात, जापान चार, हङकङ दुई र फिलिपिन्समा एकजनाको मृत्यु भइसकेको छ।

दक्षिण कोरियामा ८ सय ९३ जनालाई यो भाइरस संक्रमण पुष्टि भएको छ। त्यस्तै, इटालीमा २ सय २९, जापानमा १ सय ४७ र इरानमा ४७ जना  भाइरस संक्रमित छन्।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हालसम्म भाइरसका कारण २ हजार ७ सयजनाको मृत्यु भइसकेको छ। त्यस्तै ८० हजार ९८ जना मानिसमा संक्रमण पुष्टि भएको छ भने २७ हजार ४ सय ६९ जना मानिस निको भएका छन्।

एजेन्सीहरूकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय