१२औं तहमा डा. पोखरेल, डा. सिंह र श्रेष्ठको बढुवा

मन्त्रीपरिषदले स्वास्थ्य सेवाअन्तर्गतको १२औं तहमा तीनजनाको बढुवा गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद बैठकले बढुवा समितिबाट  सिफारिस गरिएका पाँचमध्ये तीन डा. रोशन पोखरेल, डा. दिपेन्द्ररमण सिंह र हेल्थ इन्स्पेक्सन समूहका महेन्द्र श्रेष्ठलाई १२औं तहमा बढुवा गरेको हो।

बढुवा भएका तीन मध्ये श्रेष्ठ पाँचौ नम्बरमा सिफारिस भएका थिए। डा. पोखरेल पहिलो र सिंह दोस्रो नम्बरमै सिफारिस थिए।

तीबाहेक तेस्रो नम्बरमा सिफारिस भएका डा. भीमसिंह तिंकरी, र चौथो नम्बरमा सिफारिस भएका डा. केदार सेन्चुरी बढुवामा पर्न सकेनन् ।
बढुवामा भएका तीनमध्ये अब एक जना स्वास्थ्य सचिव बन्नेछन्।

१२औँ तह बढुवा हुनुपूर्व नै स्वास्थ्य मन्त्रालयले श्रेष्ठलाई स्वस्थ्य सेवा विभागको महानिर्देशकमा बढुवा गरिसकेको छ । वाँकी दुई जनाको पोष्टिन मन्त्रालयमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय