विभागको महानिर्देशकमा गैरचिकित्सक : चिकित्सक संघको आपत्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा गैरचिकित्सक नियुक्त गरेको भन्दै नेपाल चिकित्सक संघले विरोध गरेको छ। साेमबार विज्ञप्ति निकाल्दै संघले विभाग जस्तो महत्वपूर्ण संस्थामा विगतदेखि नै चिकित्सकको नेतृत्वमा चिकित्सककाे  भावनाअनुरूप काम हुँदै आएकाेमा यसपालि गैरचिकित्सकलाई ल्याएर गलत कदम चालिएकाे भन्दै मन्त्रालयलाई अविलम्ब पुर्नविचार गर्न आग्रह पनि गरेको छ।

‘स्वास्थ्य सम्बन्धी नीति तथा योजना तर्जुमा गर्नुका साथै चिकित्सक परिचालन तथा व्यवस्थापन जस्तो महत्वपूर्ण जिम्मेवारी भएको विभागमा गैर चिकित्सकको नेतृत्व आउनुले सम्रग चिकित्सकहरुको मनोबल गिर्ने संघको ठहर छ’ विज्ञप्तीमा भनिएको छ।

उक्त निर्णयलाई नसञ्चाईको अवस्थामा सम्पूर्ण चिकित्सकको भावना र मर्म अनुरुप संघले कडा कदम चाल्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समवन्य महाशाखाको जिम्मेवारी समालेका महेन्द्र श्रेष्ठलाई स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा मन्त्रीपरिषद्ले विभागको जिम्मेवारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय