स्टार हस्पिटल–रोटरी सहकार्य, निःशुल्क स्वास्थ्य शिविर आयोजना

ललितपुर सानेपास्थित स्टार हस्पिटल र रोटरी इन्टरनेसानल डिस्ट्रिक्ट ३२९२ बीच रोटरी दिवसमा सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापत्रमा स्टार हस्पिटलका तर्फबाट अध्यक्ष किशोरकुमार महर्जन र प्रबन्ध निर्देशक डा. शैल रुपाखेती तथा रोटरीका तर्फबाट डिस्ट्रीक्ट गभर्नरद्वय किरणलाल श्रेष्ठ र राजीव पोखरेलले हस्ताक्षर गरेका छन्।

उक्त कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर श्रेष्ठले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहज पहुँचको उद्देश्यअनुरूप स्टारसँगको सहकार्य महत्वपूर्ण हुने बताए।  स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. रुपाखेतीले रोटरी इन्टरनेश्सनल डिस्ट्रिक्ट ३२९२ का सदस्य तथा तिनका परिवारलाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्ने तथा विभिन्न सामाजिक कार्यमा दुवै संस्था सहकार्य गर्दै अगाडि बढ्न सम्झौता गरिएको जानकारी दिए।

रोटरी दिवसमा इतिहासविद, शताव्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरिनुका साथै अस्पतालका तर्फबाट जोशीलाई निःशुल्क हेल्थ प्याकेज प्रदान गरिएको थियो।
कार्यक्रममा अस्पतालले जनरल फिजिसियन तथा हाडजोर्नी रोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध गराएको थियो। स्टारले सामाजिक उत्तरदायित्वअन्तर्गत् विभिन्न संघसंस्था, क्षेत्र र पेसामा आबद्धलाई सुलभ स्वास्थ्य सेवा दिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय