आमाको दूधले तेज हुन्छ बच्चाको दिमाग

भनिन्छ आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ। यसले शिशुलाई आवश्यक पर्ने पोषक तत्व दिन्छ र बच्चाको सर्वाङ्गिण विकासमा सहयोग पु¥याउँछ। हालै गरिएको एक शोधमा यसको चमत्कारी उपयोगिता बारे खुलासा भएको छ। अमेरिकामा गरिएको एक अध्ययनले पत्ता लागेको छ की आमाको दुधले बच्चाको दिमाग तेज बनाउन सहयोग गर्छ।

अमेरिकाको क्यालिपोर्निया युनिभर्सिटीमा गरिएको शोधमा यो कुराको खुलासा गरिएको छ की आमाको दूधले दिमाग मात्र बढाउने नभई यसमा हुने कार्बोहाइड्रेड र ओलिगोस्काराइड–२ एफएल संज्ञातात्मक (ज्ञान सम्बन्धी) विकासमा सहयोग गर्छ।

क्यालिफोर्निया युनिभर्सिटीको रिसर्च टीममा ५० आमा र उनको बच्चामा शोध गरिएको थियो। शोधका क्रममा आमाको दूधमा पाइने तत्व र छ महिनाका बच्चालाई दूध पिलाउने तरिका र समयको बारेमा अध्ययन गरिएको थियो।

अब बच्चाको उमेर २४ महिना पुग्यो तब बेले–३ स्केलको सहयोगमा बच्चाको संज्ञात्मक विकासको मापन गरियो। यो त्यस्तो परीक्षण हो जसले बच्चाको दिमागी विकासको बारेमा पत्ता लगाउन सजिलो हुन्छ।

शोधकर्ता लार्स बोर्डका अनुसार आमाको दूधका थुप्रै नमुनामा ओलिगोस्काराइड–२ एफएलको मात्राको पहिचान गरियो। बेले–३ स्केलले बच्चाको संज्ञानात्मक विकासका बारेमा थुप्रै जानकारी दिन्छ।

रिसर्च म्यागेजीन प्लस वानमा प्रकाशित यस रिपोर्टमा भनिएको छकी आमाको दूधमा पहिलो एक महिना भएको ओलिगोस्काराइड–२ एफएलको मात्राको सम्बन्ध दुई वर्षको बच्चाको बच्चाको संज्ञात्मक विकास भन्दा बढी थियो।

यसबाट थाहा हुन्छ की आमाको सुरुआती चरणको दूघ सेवन गर्नु बच्चाका लागि कति महत्वपूर्ण छ। जसबाट बच्चाको संज्ञात्मक विकास राम्रोसँग हुन्छ।

सुरुआति दुई वर्षमा बच्चाहरूको संज्ञात्मक विकास राम्रो हुनुले धेरै ठूलो महत्व राख्छ। यस्तो विकास भएको बच्चाले पढाइका साथै विद्यालयका अतिरिक्त क्रियाकलापमा निकै राम्रो गर्छ। केही महिलाले आफ्नो फिगर बिग्रीन भन्दै बच्चालाई दूध दिन मानिरहेका हुँदैनन्। तर, बच्चालाई आमाको दूधको महत्व निकै धेरै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय