स्पार्क हेल्थ होमले वार्षिकोत्सव खर्च कटाएर गर्यो क्यान्सरपीडित पत्रकारलाई सहयोग

प्राकृतिक चिकित्सा पद्धतिअनुरूप उपचारमा क्रियाशील स्पार्क हेल्थ होमले रक्तक्यान्सरबाट पीडित पत्रकार कमल पौडेललाई आर्थिक सहयोग गरेको छ । अस्पतालले २८औँ वार्षिकोत्सवका अवसरमा लामो समयदेखि पत्रकारिता गरिरहेका पौडेललाई १ लाख सहयोग गरेको हो ।

पौडेल हाल सिभिल अस्पतालमा उपचाररत छन् । पौडेलको उपचारका लागि ४० लाख खर्च हुने अनुमान छ ।

वार्षिकोत्सवको औपचारिक कार्यक्रममा लाग्ने खर्चबराबरको रकम पौडेलको उपचारमा सहयोग गरिएको अस्पतालका सञ्चालक हरिशरण रिजालले बताए । अस्पतालले पौडेलका सुपत्र अभिनव पौडेललाई सहयोग रकम हस्तान्तरण गरेको हो । सहयोग ग्रहण गर्दै पौडेलले हेल्थ होमले गरेको सहयोगले क्यान्सरपीडित एक पत्रकारको उपचारमा ठूलो राहत मिलेको बताए ।

त्यसैगरी, हेल्थ होममा १२ वर्षदेखि हेल्परका रूपमा सेवा गर्दै आएका कार्जी महर्जनलाई अस्पतालले ५० हजार सहयोग गरेको छ । महर्जन चार महिनादेखि पेटको क्यान्सरसँग लडिरहेका छन् ।

स्पार्क हेल्थ होम नेपालमा प्रकृतिक उपचार पद्धतिबाट सेवा दिने पुरानो अस्पताल हो । २८ वर्षअघि पोलिक्लिनिकबाट सुरु भएको सेवा हालको अवस्थासम्म आउनुमा धेरैको साथ र हात रहेको रिजालले बताए ।
‘२८ वर्षसम्मको यात्रामा अस्पतालले पाएको सफलता सहयात्रीकै कारण सम्भव भएको हो,’ उनले भने । वार्षिकोत्सवका अवसरमा निःशुल्क हाडजोर्नी तथा नसारोगसम्बन्धी स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय