एमडी–एमएसको प्रवेश परीक्षा रोक्न नेपाल चिकित्सक संघ जुनियर कमिटीको माग
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम.डी–एम.एस (स्नाकोत्तर)को प्रवेश परीक्षा रोक्न नेपाल चिकित्सक संघ जूनियर कमिटीले आग्रह गरेको छ।
१० गते शनिबार भएको पहिलो चरणको प्रवेश परीक्षामा डेढघण्टा ढिला गरी प्रश्नपत्र बाँडेको भन्दै ५ सय डाक्टरहरुले उक्त परीक्षा बहिष्कार गरेका थिए। आइतबार(आज) पनि दोस्रो चरणको प्रवेश परीक्षा हुँदैछ।
चिकित्सक संघले विज्ञप्ती निकालेर परीक्षाको गोपनियता भंग भइसकेको भन्दै परीक्षा रोक्न माग गरेको हो।
‘हजारौ परीक्षार्थीको भविष्यसंग जोडिएको उक्त परीक्षा मूल्य मान्यता बिपरीत संचालन गरिएको हुँदा यसको बैधनिकता माथि प्रश्न चिन्ह उब्जिएको छ’, विज्ञप्तीमा भनिएको छ, ‘परीक्षा रद्द गरी आवश्यक छानबीन गरी सत्य तथ्य उजागर गर्न सरोकरवाला संग जोरदार माग गर्दछ।’
परिक्षार्थीले परीक्षाको बैधनिकतामाथि प्रश्न गर्दा समेत केही स्पस्टीकरण नदिएर जबरजस्ती परीक्षा सुरु गरिएको भन्दै संघले भत्र्सना गरेको छ।