दूतावासको अपिल – कोरियामा रहेका नेपालीले विशेष सावधानी अपनाउनू

दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोनाको संक्रमण फैलन सक्ने भएकाले विशेष सावधानी अपनाउन सिओलस्थित नेपाली दूतावासले आग्रह गरेको छ।
दक्षिण कोरियामा कोरोना संक्रमित संख्या चार सय नाघिसकेको र केही दिनयता संत्रमण बढ्दै गएकाले दूतावासले विज्ञप्ति निकालेर सजग रहनका लागि आग्रह गरेको हो।

सम्बद्ध निकायहरुबाट हुँदै आएका नियन्त्रण र रोकथामका सशक्त प्रयासहरुका बावजुद दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएकोप्रति सबैले अझ बढी सजग र सचेत हुनु पर्नेमा दूतावासले जोड दिएको छ।कोरोनाको शंका भएमा अवैधानिक रुपमा कोरियामा रहेका विदेशीहरु समेत सार्वजानिक स्वास्थ्य संस्थाहरुमा गइ चेकजाँच तथा उपचार गराउन र उपचार गर्न दूताबासले आग्रह गरेको छ।

अवैध रुपमा रहेका कामदारलाई कोरिया सरकारले केही नगर्ने सहमति गरेकाले शंका लागेको खण्डमा अस्पताल जानको अनुरोध गरेको छ।
विज्ञप्तिमा भनिएअनुसार सबैभन्दा धेरै संख्यामा संक्रमितहरु देखापरेका थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थी, अन्य पेसा, व्यवसाय र श्रम गरी बसेका नेपालीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय