परीक्षा बहिष्कार गरेका पाँचसय डाक्टरसँग प्रतिष्ठानले भेट्न मानेन

पोखरा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको एम.डी÷एम.एस (स्नाकोत्तर) को प्रवेश परीक्षा बहिष्कार गरेका डाक्टरहरू छलफल गर्न पुगेपनि प्रतिष्ठानले भेट्न इन्कार गरेको छ।

परीक्षा बहिष्कार गरेका झण्डै पाँच सय डाक्टरहरू पुनः परीक्षा गर्नुपर्ने मागसहित परीक्षा केन्द्रमा छलफलका गर्न पुगेका थिए। प्रवेश परीक्षाका लागि अमरसिहं नमुना मा.विलाई केन्द्र तोकिएको थियो।
उपकुलपतिसहितको टोलीले आफूहरूलाई भेट्न नखोजेको परीक्षा बहिष्कार गरेका मध्ये एक डा. हुलास अग्रवालले जानकारी दिए। ‘हामी उहाँहरुलाई भेट्नका लागि परीक्षा केन्द्रको गेटमा पुगेका थियौँ। तर कसैले पनि भेट्न मान्नुभएन।’ उनले भने।

पुनः परीक्षा गनुपर्ने मागसहित डाक्टरहरूले हस्ताक्षर संकलन गरेका छन्। उनीहरूले सो हस्ताक्षर विद्यालयको गेटमा टाँसेर छोडेका छन्। शनिबार २ बजे परीक्षाका लागि बोलाइएको भएपनि प्रश्नपत्र ३ बजे बाँडिएको परीक्षार्थीले बताएका छन्।

यसबाहेक प्रश्नपत्र पहिल्यै बाहिरिएको आशंका विद्यार्थीहरुले गरेका छन्। १७ सय जना परीक्षार्थी रहेकोमा करिब ५ सय डाक्टरले त्यही कारण देखाउँदै परीक्षा बहिष्कार गरेका हुन्।
यता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने परीक्षा निर्धारित समयभन्दा केहि समय ढिला भएको स्वीकार गरेको छ। प्रतिष्ठानका उपकुलपति बुद्धि बहादुर थापाले प्राविधिक कारणले ढिला भएको जनाएका छन्। उनले के कारणले ढिला भएको हो भन्ने बारे भने खुलाएनन्।

‘परीक्षा ढिला गरी शुरू भएपनि हामीले परीक्षाका लागि निर्धारित समय दिन्छौँ भनेका थियौँ।’ उनले भने, ‘केहि डाक्टरहरूले परीक्षा बहिष्कार गर्नुभएछ।’ २ बजे भनिएको परीक्षा ३ बजेदेखि शुरू भएको थियो। परीक्षा ५ बजे सकिएपनि बहिष्कार गरेका परीक्षार्थीको हकमा के हुन्छ भन्ने सार्वजनिक भएको छैन। हामीले यस विषयमा उपकुलपति थापासँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन।
एम.डी÷एम.एसको पढाई सञ्चालन अनुमति पाएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलोपटक यो तहमा भर्ना आह्वान गरेको थियो। लोकसेवातर्फ ९ र खुल्लातर्फ ८ गरी १७ सिटका लागि १५ सय बढी डाक्टरहरुले आवेदन दिएका थिए।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एम.डी/एम.एस प्रवेश परीक्षा बहिष्कार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय