पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एम.डी/एम.एस प्रवेश परीक्षा बहिष्कार

अनुप पाैडेल/पाेखरा
प्रकाशित
२०७६ फागुन १० गते १६:३८

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले संचालन गरेको एम.डी/एम.एस (स्नाकोत्तर)को प्रवेश परीक्षा डाक्टरहरुले बहिष्कार गरेका छन्। परीक्षाका लागि तोकिएको समयभन्दा एक घण्टा ढिलो प्रश्नपत्र दिएको भन्दै झण्डै ५ सय डाक्टरले परीक्षा बहिष्कार गरेका हुन्।

परीक्षा बहिष्कार गरेपछि डाक्टरहरु

शनिबार २ बजे परीक्षाका लागि बोलाइएको भएपनि प्रश्नपत्र ३ बजे बाँडिएको परीक्षार्थीले बताएका छन्। १७ सय जना परीक्षार्थी रहेकोमा करिब ५ सय डाक्टरले परीक्षा बहिष्कार गरेको परीक्षा बहिष्कार गर्ने मध्येका डा।हुलास अग्रवालले जानकारी दिए।

एमडिएमएसको पढाई सञ्चालन अनुमति पाएपछि पोखरा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलोपटक यो तहमा भर्ना आह्वान गरेको थियो। १५ जनाको सिटका लागि झन्डै १ हजार बढी डाक्टरहरुले आवेदन दिएका थिए।

उनले भने, ‘हामीलाई प्रश्नपत्र ढिलो गरेर दिइयो। परीक्षा पारदर्शी हुन्छ जस्तो लागेन त्यसैले हामीले बहिष्कार गरेका हौँ।’ उनीहरूले यो परीक्षा रद्व गरेर पुनः संचालन गर्नुपर्ने माग गरेका छन्।

स्नाकोत्तरका लागि प्रवेश परीक्षा अमरसिंह नमुना माध्यमिक विद्यालय रामघाट पोखरामा शनिबार २ बजेदेखि तोकिएको थियो।

यता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने परीक्षा निर्धारित समयभन्दा केहि समय ढिला भएको स्वीकार गरेको छ ।

प्रतिष्ठानका उपकुलपति बुद्धि बहादुर थापाले प्राविधिक कारणले ढिला भएको जनाएका छन् । उनले के कारणले ढिला भएको हो भन्ने बारे भने खुलाएनन्।

‘परीक्षा ढिला गरी शुरू भएपनि हामीले परीक्षाका लागि निर्धारित समय दिन्छौँ भनेका थियौँ ।’ उनले भने, ‘अहिले परीक्षा चलिरहेको छ । केहि विद्यार्थीले बहिष्कार गरेर परीक्षास्थल बाहिर बस्नु भएको छ ।’
परीक्षा ३ बजेदेखि सुरू भएको र ५ बजेसम्म चल्ने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय