कोरोना देखिएको दक्षिण कोरियाका दुई सहर ‘लक डाउन’

चीनबाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिँदो छ। गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको यो भाइरस दक्षिण कोरियामा पनि फैलिएको छ।

चीनमा महामारीको रुपमा फैलिएको कोरोना दक्षिण कोरियामा फैलिएपछि उसले रोकथामका लागि बलियो सुरक्षा व्यवस्था अपनाइने जनाएको छ।

कोरोना संक्रमण कोरियामा बढ्दै गएपछि उसले भाइरसको फैलावट नियन्त्रणमा लिन दुई शहरमा लक डाउन गरेको छ। कोरियाले दुई शहर डेगु र चेन्गडोलाई कोरोनाको जोखिम युक्त क्षेत्र भन्दै सेनाको सुरक्षामा लक डाउन गरिएको हो।

बिहीबारसम्म कोरियामा ५२ जनामा कोरोना संक्रमण देखिए पनि शुक्रबार थप एकमा यसको संक्रमण देखिएको छ। दुबै सहरमा यसको संक्रमण बढ्न सक्ने भन्दै सरकारले लक डाउन गरेको हो।

‘संक्रमितसँग नजिक रहेका र बिरामीलाई निको पार्ने काममा सहयोग गरिरहेका सबैलाई खोज्ने काम भइरहेको छ’, प्रधानमन्त्री चुंग साई–कुनले भने,‘हामी संक्रमण रोक्न प्रयास गरिरहेका छौ, सरकारले बिरामी, बेड चिकित्सा उपकरण, स्वास्थ्यकर्मी र सर्वसाधारण सबैलाई सचेत रहन आग्रह छ।’

दक्षिण कोरियाका प्रधानमन्त्री चुंगले भाइरसको संक्रमणलाई विकासको एक आपतकालिन अवस्थाको रुपमा वर्णन गरेका छन्। उनले कोरोनाको संक्रमणलाई फैलिन नदिने प्रतिवद्धतासमेत जनाएका छन्।

बिहीबार कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको दक्षिण कोरियाका अधिकारीहरूले बताएका छन्। उनी लामो समयदेखि स्वास्थ्य समस्या तथा मानसिक समस्यासँग जुधिरहेका बताइएको छ।

दक्षिण कोरियाका स्वास्थ्यमन्त्री नेउंगु हुले अस्पतालहरूलाई अस्पतालमा रहेका बिरामीहरूमा कोरोनाको जस्तो लक्षण देखिए अन्य विरामीभन्दा अलग्गै राखेर उपचार गर्न निर्देशन दिएका छन्।

अस्पताल आउने सबै बिरामीको स्वास्थ्य परीक्षण गरिनुका साथै निमोनियाको लक्षण देखिएका बिरामीलाई विशेष निगरानी गरिने उनले बताए। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय