चिनियाँ जेलका कैदीलाई पनि कोरोना संक्रमण

चीनको एउटा जेलमा करिब २ सय कैदीबन्दी कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित देखिएका छन्। फेब्रुअरी सुरुदेखि नै बिरामी देखिएका उनीहरूलाई भाइरस संक्रमण पुष्टि भएको हो।

तीसँगै जेलका अन्य सात सरकारी अधिकारी पनि भाइरस संक्रमणबाट थला परेका छन्। जिनिङ सहरको उक्त जेलका सबै २ हजार ७७  कैदीको स्वास्थ्य परीक्षण गरिएको थियो।

चीनका अन्य जेलमा पनि कैदी तथा कर्मचारी संक्रमित हुनसक्ने आशंका गरिएको छ।

(कोभिड-१९) संक्रमणले अहिलेसम्म ७६ हजार ७ सय १६ जना संक्रमित भएका छन् भने २ हजार २ सय ४७ जना मानिसको मृत्यु भएको छ।

त्यस्तै १८ हजार ४ सय ३८ जना संक्रमित उपचारपछि निको भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय