रोगको भूकम्प, पैसाको परकम्प

जीवनमा घटनाक्रमलाई एकपछि अर्को गरी पर्दामा ओल्ट्याइपल्ट्याइ हेर्दै गर्दा सम्पूर्ण अहम् मेटिएर जान्छ । आफूलाई नपर्दासम्म दुःख महसुस गर्ने निष्फल प्रयास मात्रै हुने रहेछ । आफैँलाई पर्दा भने भिरबाट खसेजस्तै हुन्छ ।

स्वस्थ रहँदासम्म जीवनमा आकांक्षा धेरै हुन्छन् । दुनियाँभरका कुराले जीवनमा अग्रसरता लिएका हुन्छन् । धन–सम्पत्ति, यश आदिको आर्जनमा जीवन व्यतीत हुन्छ । आफ्नो शरीरका अवयव कत्तिको कष्टमा छन् भनेर हेर्ने फुर्सद देखिँदैन । फुर्सद त केवल अस्वस्थ हुँदा हुन्छ, नमिठो फुर्सद भन्नुपर्छ । मनग्य फुर्सद हुन्छ, रोगको प्रकृतिअनुसार ।

बाध्यताले सिर्जना गरेको फुर्सद हो त्यो । तर, आफ्नो फुर्सद हुँदा बाँकी जगत्को फुर्सद हुँदैन । एकजना अस्वस्थ हुनाले परिवार र इष्टमित्रले समेत फुर्सद निकाल्नुपर्ने हुन्छ । स्वास्थ्यलाई ध्यान दिने फुर्सद नभएका कारण अस्वस्थ भएर फुर्सद पाउँदा पछुतो हुन्छ ।

सायद, यिनै विचारका तरंग केही महिनापूर्व अपर्झट एक हर मुढोजस्तो हुन पुगेको शरीरको मनबाट मन्थन भएका थिए । त्यसैले त अचेल उनी आफ्नो नियमित चेकजाँच गराउन ओपिडीमा देखापरिरहन्छन् । प्रेसरको औषधि नियमित सेवन गर्छन् र चुरोट पनि परित्याग गरेका छन् ।

करिब दुई महिनापूर्व एमर्जेन्सीमा ड्युटी गरिरहँदा रातको ११ बजे अन्दाजी ४५ वर्षको खाइलाग्दो शरीर देखिने एक पुरुषलाई आफन्तजनले एमर्जेन्सीमा लिएर आउँछन् । मोबाइलमा केन्द्रित मेरो ध्यान भंग हुन्छ । उनीहरूको मुहार र हाउभाउमै अत्यास व्याप्त छ ।

तुरुन्तै टाउकोको सिटी–स्क्यान गर्न लगाएर हेर्दा रगत जमेको देखिएन । अर्थात्, अहिलेको उपलब्ध उपचार पद्धतिअनुसार लक्षण सुरु भएको साढे चार घण्टाभित्र औषधि दिन सकेमा पक्षाघात फर्किन सक्ने सम्भावना बढी हुन्छ । जीवनभर कुनै हर नचलेर, बोली नफर्किएर अरूको सहारामा जिउनुपर्ने बाध्यताबाट जोगाउन सकिने एउटा प्रभावकारी उपचारबाट कोही पनि वञ्चित हुनुहुँदैन भन्नु अतिशयोक्ति नहोला ।

बिरामीको मुख बांगिएको रहेछ । दाहिने हर नचल्ने भएछ । बोली लरबरिँदै गएछ । आँखाले बायाँतर्फ मात्रै हेरेको देखिन्छ । बोलेको नबुझिने, एकतर्फी हातखुट्टा नचल्ने देखेर पक्षाघात भएको अनुमान लगाउन कत्ति बेर लागेन ।

करिब डेढ घण्टाअघि एक्कासि त्यस्तो लक्षण देखिएर अस्पताल कुदाएका रहेछन् । प्रेसरको औषधि सेवन नगर्ने मुढे अठोट लिएका अर्धज्ञानी मान्छे रहेछन् उनी । त्यसैले होला, लक्षण नभएसम्म नखाने जिद्दी गरेकोमा एक्कासि वज्रपात भएर लक्षण देखियो । समयको लीला न हो !

तुरुन्तै टाउकोको सिटी–स्क्यान गर्न लगाएर हेर्दा रगत जमेको देखिएन । अर्थात्, अहिलेको उपलब्ध उपचार पद्धतिअनुसार लक्षण सुरु भएको साढे चार घण्टाभित्र औषधि दिन सकेमा पक्षाघात फर्किन सक्ने सम्भावना बढी हुन्छ । जीवनभर कुनै हर नचलेर, बोली नफर्किएर अरूको सहारामा जिउनुपर्ने बाध्यताबाट जोगाउन सकिने एउटा प्रभावकारी उपचारबाट कोही पनि वञ्चित हुनुहुँदैन भन्नु अतिशयोक्ति नहोला ।

घर रुकुम हो उनको । कामविशेषले काठमाडौं आएर फर्किने योजनाको दिन रहेछ । तर, काम पूरा हुन नसकेको हुनाले फर्किन नसकेका रहेछन् । भाग्यवादमा विश्वास नगरे पनि काम फत्ते नहुनाले उनलाई विपत्तिमा उपचार सहज हुन निहुँ त भएछ ।

उपचारका लागि समय थोरै भएकाले सम्पूर्ण कुरा बुझाएर औषधि प्रयोग गर्ने कुरामा सहमति बन्यो । तर, समस्या एउटै मात्र रह्यो, पैसा । समय थोरै, पैसा लाग्ने धेरै । तर, उपचारको सफलताले खुसी दिने सम्भावना बढी ।

चल्दै नचलेको हातखुट्टा चल्दा र नफुटेको बोली पुनः फुट्न थाल्दा खुसी किन नमिलोस् र ! यस्तो अवस्थामा कति तनाव हुन्छ भन्ने भुक्तभोगीले मात्रै बुझ्न सक्छन् । एकातर्फ अपांगताबाट बच्न सकिने उपचार, अर्कोतर्फ समयको कडा पावन्दी र औषधिको मूल्य ।

बिडम्बना ! यस्तो महत्त्वपूर्ण उपचारमा सरकारको पूरा ध्यान पुग्न सकेको छैन । हार्टयाट्याक हुँदा पैसा तिर्ने वातावरणमा पनि मुटुमा जाली रख्ने व्यवस्था छ । त्यसमाथि विपन्न कोष आदिबाट सुविधा दिने गरिन्छ । तर, जीवनभर अपांगताको जोखिम बोकेको मस्तिष्काघात हुँदा भने तत्कालै पैसा नतिरेसम्म फार्मेसीबाट औषधि उपलब्ध नहुने ? पक्कै नसुहाउँदो कुरा हो ।

विपत् खबरदारी गरेर आउँदैन । आउँदो हो त पूर्वतयारी गर्न मिल्थ्यो । रगतका गुच्छाले मात्तिएर, उछिट्टिएर मस्तिष्कका नसा ‘ब्लक’ गर्छन् । रक्तसञ्चारविना मस्तिष्क केही सेकेन्डमै छटपटिन्छ र मर्न थाल्छ । परिणामस्वरूप प्यारालाइसिस हुने गर्छ । त्यही बाटो ब्लक भएको नसा समयमै खोल्ने उपचारका लागि १५ मिनेटभित्र एकैपटक सालाखाला १ लाख रूपैयाँ तिरेर औषधि किनेर ल्याउनू भन्दा सामान्य जोकोहीलाई धौ–धौ पर्छ ।

अचानक परिआएको रोगको भुइँचालोमा पैसा जोहो गर्ने परकम्पले सेकेन्ड–सेकेन्डमा मनमा झड्का दिइरहन्छन् । त्यसमाथि यहाँ कोही चिनजानी नभएको मोफसलको मान्छेलाई त हम्मे–हम्मे नै हुन्छ । न बैंक खुलेका हुन्छन्, न नगद नै सधैँ साथमा हुन्छ । एटिएम भए पनि एकैपटक त्यति पैसा निकाल्न मिल्दैन । वजनअनुसार औषधिको मात्रा दिनुपर्ने हुँदा त्यो खाइलाग्दो शरीरलाई १ लाखभन्दा बेसी नै लाग्ने निश्चित छ । त्यतिवेला त त्यो शरीर दुब्लो भएको भए धेरै जाती हुने थियो जस्तो लाग्छ ।

पैसाको जोहो गरेर नतिरेसम्म फार्मेसीबाट औषधि उपलब्ध नहुने भयो । योक्रममा ४. ५ घण्टाको सुनौलो समय बित्दै जान्छ । त्यो समय बित्यो भने औषधि प्रयोग गर्ने वैज्ञानिक आधार रहँदैन । आँखाअगाडि भविष्यको बांगो शरीर, लुला हातखुट्टा, लरबरिएको बोली र पराश्रित शरीरलाई परिवारजनको स्याहार–सुसारको दृश्य देखिन लाग्छ ।

विपद् देख्दा नराम्रो कुराको आकलन सजिलै गर्ने मनको नैसर्गिक गुण हो । परिवारजनको सहयोग नभएर कुनामा पल्टिरहेको अर्धमुढो शरीर र पुठामा हुने गहिरा घाउको कल्पना हुन्छ । सायद, यस्तै कल्पना उपचारमा संलग्न मुख्य डाक्टरले गरेर होला, पैसाका लागि आफैँ जमानी बस्ने मौखिक सहमतिमा जबर्जस्ती औषधि लिएर आउँछन् । र, औषधि समयमा दिन सकिन्छ ।

बिडम्बना ! यस्तो महत्त्वपूर्ण उपचारमा सरकारको पूरा ध्यान पुग्न सकेको छैन । हार्टयाट्याक हुँदा पैसा तिर्ने वातावरणमा पनि मुटुमा जाली रख्ने व्यवस्था छ । त्यसमाथि विपन्न कोष आदिबाट सुविधा दिने गरिन्छ । तर, जीवनभर अपांगताको जोखिम बोकेको मस्तिष्काघात हुँदा भने तत्कालै पैसा नतिरेसम्म फार्मेसीबाट औषधि उपलब्ध नहुने ? पक्कै नसुहाउँदो कुरा हो ।

जसरी क्यान्सर, मुटुरोगलगायतमा आर्थिक सहयोग गरिएको देखिन्छ, त्यसरी नै उपचारमा राम्रो सफलता देखिएको यो मस्तिष्काघातमा प्रयोग हुने औषधि सर्वसुलभ हुनु अपरिहार्य देखिन्छ । सहज व्यवस्थापनका लागि हस्ताक्षरमा दम भएकाको ध्यान जाओस् भन्ने सदिच्छा, इच्छा राख्ने त केवल एक मूकदर्शक न हो !

One thought on “रोगको भूकम्प, पैसाको परकम्प

  1. Inspiring artical👍👍👍
    M lai yo artical padhda ekdam ramro lagyo.jeevan useful article ko lagi Thanks Doctor sap!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय