आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षामा ५९ प्रतिशतलाई सफलता

हेल्थपोस्ट
प्रकाशित
२०७६ फागुन ७ गते १८:५६

आयुर्वेद चिकित्सकको लाइसेन्सिङ परीक्षामा ५९ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । नेपाल आयुर्वेद चिकित्सा परिषद्ले सञ्चालन गरेको लाइसेन्सिङ परीक्षा २३ जना चिकित्सक सफल भएका छन् ।

परिषद्ले ३ फागुनमा सञ्चालन गरेको ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एन्ड सर्जरी (बिएएमएस)को परीक्षामा ३९ आयुर्वेद चिकित्सक सामेल भएका थिए । परीक्षामा सम्मिलितमध्ये १६ चिकित्सक (४१ प्रतिशत) चिकित्सकीय अभ्यासको अनुमति परीक्षामा सफल हुन सकेनन् ।

आयुर्वेद चिकित्सकका लागि परिषद्ले सञ्चालन गरेको यो दोस्रो लाइसेन्सिङ परीक्षा हो । गत वर्षदेखि सुरु भएको यो परीक्षामा सामेल हुन बिएएमएस परीक्षा उत्तीर्ण गरी ६ महिना इन्टर्नसिप गरेको हुनुपर्ने प्रावधान छ ।

नेपालमा जम्मा तीनवटा कलेजमा बिएएमएसको पढाइ हुँदै आएको छ । यसमध्ये दुईवटा त्रिभुवन विश्वविद्यालय र एउटा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत सञ्चालन भइरहेका छन् । बर्सेनि छिमेकी देश भारतबाट बिएएमएस अध्ययन गरेर आउने चिकित्सकको संख्या पनि ठूलो छ । भारत आयुर्वेद अध्ययनका लागि विश्वकै केन्द्र मानिन्छ ।

नेपालमा हालसम्म ७२९ जनाले आयुर्वेद चिकित्सकका रूपमा चिकित्सकीय अभ्यासको अनुमति पाएका छन् । ०४५ सालमा स्थापित परिषद्मा हालसम्म ७२९ चिकित्सकले नाम दर्ता गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय