खरीपाटी क्वारेन्टाइन (भिडियाे)

चीनको उहानमा थुनिएका नेपालीलाई ल्याएर खरीपाटीमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि उनीहरु त्यही थुनिएका थिए। १७५ जना नेपालीलाई यहाँ राखिएको छ।

नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा उनीहरुलाई राखिएपछि सुरुमा स्थानीय डराएका थिए। केहीले घर पनि छोडे।

स्वास्थ्य तथा जनस‍ंख्या मन्त्री भानुभक्त्त ढकालले पनि क्वारेन्टाइनकाे अनुगमन गरिसकेका छन्।

तर, स्वास्थ्य मन्त्रालयले उनीहरु सबैको स्वास्थ्य परीक्षण गरेर कसैलाई पनि संक्रमण नभएको जनाएको छ।

अहिले स्थानीयको त्रास केही हटेको छ। घर छोडेकाहरु पनि केही फर्किएका छन्।

खरीपाटी ‘क्वारेन्टाइन’ र तर्सिएको बस्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय