जलवायु परिवर्तनसँग लड्न अमेजनका सिइओको ११ खर्ब सहयोग घोषणा

नेपालको वार्षिक बजेट हाराहारीमै ‘बेजोस अर्थ फन्ड’

अमेजनका सिइओ तथा विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोसले जलवायु परिवर्तनको सामनाका लागि १० अर्ब डलर (११ खर्ब ४० अर्ब ९० करोड रूपैयाँ) दान गर्ने घोषणा गरेका छन् । यो रकम उनको कुल नेटवर्थको ७.७ प्रतिशत हो भने नेपालको वार्षिक बजेटसित करिब बराबर हो ।

बेजोसको नेटवर्थ १३० अर्ब डलर (१४८ खर्ब ३१ अर्ब ७० लाख छ । बेजोसले सोमबार इन्स्ट्राग्राम पोस्टमार्फत आफूले ‘बेजोस अर्थ फन्ड’को सुरुवात गर्ने बताए ।

‘आज मलाई बेजोस अर्थ फन्ड सार्वजनिक गर्दै गर्दा खुसी लागिरहेको छ । म जलवायु परिवर्तनसित लड्नका लागि अहिलेसम्मका गरिका र नयाँ तरिकामा काम गर्न चाहन्छु,’ बेजोले लेखेका छन्, ‘यसमार्फत जलवायु वैज्ञानिकहरू, सामाजिक कार्यकर्ताहरू, गैरसरकारी संगठनहरूलाई फन्ड दिइनेछ । हामी पृथ्वी बचाउन सक्छौँ । यो पहलले कम्पनीहरू, देशहरू, वैश्विक संगठनहरू र व्यक्तिगतस्तरमा पनि सबैलाई एकजुट बनाउनेछ ।’

पछिल्लो समय जलवायु परिवर्तन विश्वको प्रमुख चुनौती बनिरहेको छ । यस वर्ष दक्षिणी ध्रुव अन्टार्टिकाको तापक्रम २० डिग्री सेन्टिग्रेट नाघेर अहिलेसम्मकै रेकर्ड तोडेको छ । जलवायु परिवर्तनका कारण विश्वव्यापी पृथ्वीको तापमान बढ्दै जाँदा पारिस्थितिक प्रणालीमा नराम्रो असर पुगिरहेको छ ।

कतिपय पारिस्थितिक प्रणाली परिवर्तित भएका छन् त कतिपय लोप हुँदै छन् । यसले नयाँ–नयाँ रोग निम्त्याउनुका साथै मानव तथा अन्य जीवको स्वास्थ्यमा नकारात्मक असर निम्त्याइरहेको छ ।

कर्मचारीले बोजोसमाथि दबाब बनाएका थिए
जलवायु परिवर्तनको चुनौतीलाई मध्यनजर गर्दै अमेजनका कर्मचारीले बेजेसमाथि सहयोग कोष स्थापनालगायतमा पहल गर्न दबाब दिएका थिए । कम्पनीका ३५० भन्दा बढी कर्मचारीले जनवरी महिनामा यससम्बन्धमा हस्ताक्षर अभियान नै चलाएका थिए । उनीहरूले २०३० सम्म कार्बन उत्सर्जन शून्य हुनुपर्ने बताएका थिए । सेप्टेम्बर महिनामा बोजोसले २०४० सम्म कम्पनीमा कार्बन न्युट्रल बनाउने लक्ष्य सुनाएका थिए । २०३० सम्म शतप्रतिशत नवीकरणीय ऊर्जाको प्रयोग र एक लाख इलेक्ट्रिक वाहन खरिद गरिने उनको भनाइ थियो ।

बेजोसले अस्ट्रेलियाको जंगलमा भएको आगलागीका लागि गत महिना जम्मा ६.९ लाख डलर (७ करोड ८७ लाख २२ हजार १ सय रूपैयाँ) सहयोग सहयोग घोषणा गरेका थिए । विश्वकै धनी व्यक्तिले आफ्नो सम्पत्तिको अनुपातमा यति थोरै मात्र रकम सहयोग दिएको भन्दै उनको निन्दा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय