पाकिस्तानको कराची सहरमा दूषित ग्यास फैलिँदा १४ जनाको मृत्यु

हावामा एकाएक दूषित ग्यास फैलिएपछि पाकिस्तानको कराची सहरमा १४ जनाको मृत्यु भएको छ। सयौं मानिस घाइते भएको सञ्चारमाध्यमहरुले जनाएका छन्।
अहिलेसम्म यो ग्यास कहाँबाट कसरी हावामा फैलियो भन्नेबारेमा केही पत्ता लागेको छैन।

कराची सहरको केमारी इलाकामा यो ग्यास फैलिइरहेको छ। गत आइतबारदेखि फैलिएको यो ग्यासका कारण अहिले सहरका मानिसलाई सास फेर्नै मुस्किल भइरहेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ।
अधिकांश मानिसमा श्वासप्रश्वासमा समस्या देखिएको छ । आँखा, घाँटी तथा नाकमा जलन हुनेजस्ता समस्या देखिएका छन् । अस्पतालमा यस्ता बिरामी बढिरहेका छन्।

सिन्ध प्रान्तका नगरपालिकामन्त्री नासिर हुसेन साहले कुन ग्यास कहाँबाट कसरी लिक भएर हावामा मिसियो भन्नेबारे अनुसन्धान सुरु भएको बताएका छन्।
उनका अनुसार कराची विश्वविद्यालयको ल्याबमा नमुना परीक्षण भइरहेको छ। प्रारम्भिक चेकजाँचका क्रममा त्यहाँको हावामा नाइट्रेट अक्साइड तथा नाइट्रोजनडाइअक्साइडको मात्रा धेरै भेटिएको छ।

ल्याबमा बन्दरगाहको सहतमुनि तथा बाहिरबाट आएको पानी, धुलो र माटोको नमुना परीक्षण भइरहेको बताइएको छ।

सिन्ध प्रान्तको स्वास्थ्य विभागका डाक्टर जफर मेहदीका अनुसार १४ जनाको सोही ग्यासका कारण मृत्यु भएको छ भने ५ सयभन्दा बढी मानिस प्रभावित भएका छन्। तीमध्ये केहीको अवस्था गम्भीर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय