‘खरीपाटी क्वारेन्टाइनमा कसैलाई पनि कोरोना संक्रमण छैन’

स्वास्थ्य मन्त्रालयले खरीपाटी क्वारेन्टाइनमा राखिएका कुनै पनि नेपालीलाई कोरोना भाइरसको संक्रमण नभएको जनाएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयले यस्तो जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने ‘क्वारेन्टाइनमा रहेका १ सय ७५ जनाको नाक र घाँटीभित्रको नमुनाहरुमा नोभेल कोरोना भाइरस भेटिएको छैन।’

अब क्वारेन्टाइनमा बसेको १४औं दिनपछि पुनः प्रत्येक व्यक्तिको नाक र घाँटीभित्रको स्वावको परीक्षण गरिने उनले बताए।

‘चीनको हुबेइबाट नेपाल ल्याइएका सबै नेपाली दाजुभाई तथा दिदी बहिनीहरु स्वस्थ हुनुभएको र कुनै पनि संक्रमण परीक्षमा नदेखिएकोले कुनै पनि किसिमको संक्रमणबाट त्रसित हुनुनपर्ने व्यहोरा पनि जानकारी गराउँन चाहन्छौं’ विज्ञप्तीमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय