कोरोनाको उपचारपछि निको हुने बढ्दै

काेराेनाकाे उपचारपछि उहानकाे खेलकूद सेन्टरमा बनाइएकाे अस्थायी अस्पतालमा बिश्राम गरिरहेका स‍ंक्रमित।

पहिलोपटक चीनमा कोरोना भाइरसका नयाँ संक्रमित र मृत्यु हुनेभन्दा उपचारपछि ठीक भएर घर फर्किनेको संख्या बढेको छ।

चीनको स्वास्थ्य आयोगले जनाएअनुसार मंगलबारदेखि बुधबार बिहानसम्म १ हजार ७ सय ४९ जना नयाँ संक्रमित थपिएका छन् भने १ सय ३६ जनाको मृत्यु भएको छ।

तर, २ हजार जना कोरोना संक्रमित मानिस सफल उपचारपछि घर फर्किएका छन्।

अहिलेसम्म यो भाइरसका कारण ७५ हजार १ सय ९६ मानिस संक्रमित भएका छन् भने २ हजार ९ जना मानिसको मृत्यु भइसकेको छ।
संक्रमितमध्ये १४ हजार ४ सय ४९ जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन्।

एजेन्सीकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय