श्रीलंकाको सौन्दर्य ब्रान्ड ‘हेमास’ नेपाली बजारमा

हेल्थपाेस्ट/काठमाडाैं
प्रकाशित
२०७६ फागुन ६ गते १९:३७

श्रीलंकाको हेमास ब्रान्डका सौन्दर्य सामग्री पहिलो पटक नेपाली बजारमा पनि भित्रिएका छन्।

नेपालका लागि हेमासको अधिकृत विक्रेता ‘हजुरलाई नमस्ते ट्रेड लिङ्क’ प्रालिले ती सामग्रीको बजार प्रवर्द्धन गर्नेछ।

‘नेपालमा भारतीय सौन्दर्य प्रशाधन सामग्रीको वर्चस्व छ। हामीले केही अलग साेंचका साथ श्रीलंकाको ब्रान्डलाई नेपाल ल्याएका हौं’ प्रालिका सञ्चालक ताराबहादुर कुवरले भने, ‘नेपालका प्रयोगकर्ता, बिग मार्ट र सुपर मार्केटमा हेमासका ब्रान्डको माग निकै बढेको छ।’

हेमासका उत्पादनहरुमा अहिले नेपालमा कपाल संरक्षणका लागि तयार पारिएका सबै किसिमका तेल, साबुन, स्याम्पु र बच्चाका सम्पूर्ण सामग्रीहरुरु समेत छन्।
हेमासकी नेपाल प्रमुख शलीना कुवरले श्रीलंकाको नम्बर एक ब्रान्डका उत्पादनहरु सस्तो तथा गुणस्तरीय भएको बताइन्।

‘हामीले एक वर्षसम्म हेमासका उत्पादनको परीक्षण गरेका थियांै। उत्पादन राम्रो तथा गुणस्तरीय छ, यो कुरा ग्राहकले गरेको मागले पनि पुष्टी गरेको छ’ उनले भनिन्।
उनका अनुसार यी सामग्री कपाल झर्न रोक्ने, डेन्ड्रफ(चायाँ) तथा चायापोतो हटाउने, कपाल स्वस्थ राख्न र बालबालिकाका लागि निकै उपयुक्त छन्।

‘हेमासका ब्रान्ड पहिलो पटक नेपालमा ल्याएका छौं। जसको गुणस्तर नेपालमा उपलब्ध हुने ब्यूटिफिकेसनका सामग्रीभन्दा गुणस्तरीय छन्’ उनले भनिन्, ‘हेमास शतप्रतिशत नेचुरल हर्बल हो, यसले कम मूल्यमा गुणस्तर दिएको छ।’

प्रालिले नेपालका २८ जिल्लामा हेमासका डिलर स्थापना गरिसकेको छ। र चाँडै नै देशभर पु¥याउने बताएको छ।
‘नेपालमा मात्रै होइन, हामीले यसलाई भारतीय बजारमा पनि विस्तार गर्ने सोंच बनाएका छौं’ प्रालिका सञ्चालक कुवरले भने ‘यही फागुन २३ गते श्रीलंकाका राजदुत र नेपालका बरिष्ठ हस्तीहरुमाझ नेपालमा हेमास ब्रान्डको औपचारिक सुरुवात गर्नेछांै।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय