प्रधानमन्त्रीलाई मुटुमा समस्या, एन्जियोग्राफी गरियो

हेल्थपोस्ट नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखा परेको छ । मुटुको समस्या बढेपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथाेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।

‘उहाँको मुटुको एन्जियोग्राफी गरिएको छ । यो सामान्य अवस्था हो,’ अस्पताल स्रोतले बतायो । उपचार प्रक्रिया अगाडि बढाएको अस्पताल स्रोतकाे भनाइ छ । प्रधानमन्त्री मंगलबार बिहानैदेखि व्यस्त थिए । बिहान चिकित्सा शिक्षा आयोगको बैठक थियो । त्यहाँ उनले ३ घण्टा बिताएका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *