कोरोना संक्रमण : अस्पताल निर्देशककै मृत्यु

कोरोना भाइरसबाट संक्रमित एकजना वरिष्ठ चिनियाँ डाक्टरको मृत्यु भएको छ।

उहान उचाङ अस्पतालका निर्देशक समेत रहेका डा. लिउ झिमिङको मंगलबार बिहान मृत्यु भएको हो। कोरोना संक्रमित उनको अस्पतालमा उपचार भइरहेको थियो ।

यसअघि सोही अस्पतालका पूर्वनिर्देशकको मृत्यु भइसकेको छ ।

कोरोनाको उपचारमा संलग्न करिब २ हजारभन्दा स्वास्थ्यकर्मी आफैं संक्रमित भएका छन्।

यसअघि अर्का डा. ली वेनलियाङको पनि मृत्यु भइसकेको छ।

डा. ली वेनलियाङले भाइरसबारे सबैलाई सचेत रहन भन्दै पहिलोपटक सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
उनको अवस्थाबारे धेरै दिनसम्म गोप्य राखिएको थियो।

डा‌. वेनलियाङले पहिलोपटक ‘वि च्याट’ बाट कोरोना भाइरसबारे जानकारी सेयर गरेका थिए।

त्यसपछि चिनियाँ सरकारले उनलाई भाइरसका बारेमा थप बोल्न प्रतिवन्ध लगाएको थियो।

भाइरसका कारण अहिलेसम्म १ हजार ८ सय ७३ जनाको मृत्यु भइसकेको छ भने ७३ हजार ४ सय ३३ संक्रमित भएका छन्।
१२ हजार ६ सय ७७ जना संक्रमित निको भइसकेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
एजेन्सीहरुको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय