कोरोनासँग जितेपछिको खुसी

म एक अफ्रिकी मुलुक क्यामरुनको नागरिक हुँ । म अहिले चीनमा छु। र, मलाई कोरोनाभाइसको संक्रमण पश्चात सञ्चो भइसकेको छ।

म आफूसँग कोरोनालाई अफ्रिकी मुलुक लैजान चाहन्नथे।

यो भनाई हो कोरोनाभाइरसबाट संक्रमित अफ्रिकी मुलका २१ वर्षीय सेनुउ पाभेल डेरिललको । उनी भन्छन्,‘जब म पहिलो पटक अस्पताल जाँदै थिए, आफ्नै मृत्युको बारेमा सोचिरहेको थिए।

मैले सन्चो हुन्छु सोचेकै थिइन। मेरो मनमा मृत्युको भयानक डर दौडिरहेको थियो। अनेकन बिचार पैदा भइरहेका थिए।

म जीन्दगीको अन्तिम क्षणको कल्पना गरिरहेको थिए।

मनमा डर पसेको थियो। मनोवैज्ञानिक र भावनात्मक डरले मलाई भित्रभित्रै खाइरहेको थियो। घर फर्किनुको विकल्प थिएन्।

यो सहर भुतको सहर जस्तै बनेको छ। जब मैले आफ्नो कोठा छोडे, तब मलाई पिर थियो कि म यो घरमा फर्किन पाउछुँ या पाउँदिन।

ढोका बाहिर मान्छेहरू शरीरको तापक्रम जाँचिरहेका छन्। कोही फोनबाट अन्तवार्ता लिइरेहका छन्।

अफ्रिकी देशबाट चीनको जिङजाउ सहरमा पढ्न बसेका युवा डेरिलले आफू संक्रमणबाट मुक्त भएकोमा खुसी व्यक्त गर्दै अनुभव साटेका छन् ।

‘म पढाई नसकुञ्जेलसम्म घर जान चाहान्न। घर जानुपर्ने कुनै आवश्यकता पनि छैन्,’ उनी भन्छन्।

संक्रमण भए पनि चीन सरकारले सबै उचित व्यवस्था गरेको भन्दै उनले खुसी व्यक्त गरे।

उनी विगत १४ दिनदेखि क्वारेन्टाइमा उपचार गराइरहेका छन्।

सेनुउ पाभेल डेरिल ज्वरो र सुख्खा खोकिबाट पीडित थिए।

चीनको स्थानीय अस्पतालमा १३ दिनसम्म उपचारमा गराइरहेका उनलाई एन्टिबायोटिक औषधी र सामान्यतया एचआइभीका लागि प्रयोग गरिने औषधी प्रयोग गरिएको थियो।

१३ दिनको उपचारपछि उनको स्वास्थ्यमा सुधार देखिएको छ।

सिटीस्क्यान गरेरसमेत संक्रमण पत्ता नलागेको उनमा घातक रोग कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो।

उनी कोरोना भाइरसबाट संक्रमित भएका पहिलो अफ्रिकी नागरिक र निको हुने पहिलो नागरिक बनेका छन्।

उनले आफू संक्रमणबाट मुक्त भएकोमा खुसी व्यक्त गरेका छन्।

प्राण घातक रोग कोरोनाभाइरसबाट चीन आक्रान्त बनेको छ। हुवेइ प्रान्तको उहान सहरमा कोरोनाभाइरसले सर्वसाधारणलाई आतंकित बनाएको छ।

कोरोनाभाइरसको संक्रमणबाट अहिलेसम्म १७ सय ७५ जनाले ज्यान गुमाइसकेका छन् भने ७१ हजार ४ सय ३५ जनामा संक्रमण देखिएको छ।

संक्रमित मध्ये १० हजार ६ सय १० जना निको भइसकेका छन्। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय