उहानबाट ल्याइएका १ सय ७५ नेपाली खरीपाटी ‘क्वारेन्टाइन’मा

चीनको उहान शहरबाट उद्धार गरेर नेपाल ल्याइएका १७५ जनालाई खरिपाटीस्थित क्वारेन्टाइन पु¥याइएको छ । उहानबाट उडेको विमान आइतबार बिहान ३.३८ बजे त्रिभुवन विमानस्थलमा अवतण गरेको थियो ।  विमानस्थलबाट स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कुनै समस्या नदेखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा लगिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उदगमस्थलबाट आएका सबैलाई कम्तीमा १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विमानस्थलबाट खरिपाटीसम्म पुर्याउन पाँच वटा बस र एउटा एम्बुलेन्स प्रयोग गरिएको थियो ।

उहानबाट नेपाल फर्किएकाहरुमा १७० जना विद्यार्थी , एक जना कामदार, दुई जना पर्यटक तथा दुई जना नाबालक रहेको छन् । ६ जनामा भने ज्वरो देखिएको भन्दै चीनले वुहान विमानस्थलमै रोकेको छ । तीन जना भने नेपाल फर्कन इच्छा नदेखाएर वुहानमै बसेका नेपाली दूतावासले जनाएको छ ।

खरिपाटीमा राष्ट्रिय प्रयोगशालाका स्वास्थ्यकर्मी उनीहरुको नमूना परीक्षण गर्ने कुनै शंका लागेमा उनीहरुलाई बिभिन्न अस्पतालमा बनाइएको आइसोलेसन वार्डमा राखेर उपचार गरिने मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।

क्वारेन्टाईन केन्द्र, खरिपाटीमा बसोबास गर्दा ध्यान दिनुपर्ने बिषयहरु

– भक्तपुर, खरीपाटीमा क्वारेन्टाईन केन्द्रको ब्यवस्था गरिएको छ।
– क्वारेन्टाईनमा लगभग ६० कोठाहरुमा उचित दुरिको फरकमा एक जना देखि तीन जना सम्मको सामूहिक बसोबासको ब्यवस्था गरिएको छ। लगभग ६ जनाले एक शौचालय प्रयोग गर्ने गरी ब्यवस्था गरिएकोछ ।
–क्वारेन्टाईनमा रहदा तपाईको सुबिधाको लागि खाना, पानी, शौचालय, स्वास्थ्य उपचार, Infection Prevention and Contro को सबै ब्यवस्थापन गरिएकोछ ।

– स्वास्थ्य टोलि आवश्यकता अनुसार चौबिसै घण्टा सेवामा रहेनछन।

– विशेष स्वास्थ्य जाँचको लागि क्लिनिकको व्यवस्था गरिनेछ।
– व्यक्ति स्वंयमले स्व(जाँच गर्न मिल्ने थर्मोमिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुइपटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ। हरेक व्यक्तिको ज्वरो नाप्न छुट्टाछुट्टै थर्मामिटर उपलब्धछन।

– हरेक व्यक्तिका लागि छुट्टछुट्टै मास्क, हेण्डस्यानीटाइजर आदि उपलब्ध छन।

–अन्य जाँच गर्ने सरसामाग्री जस्तै, इन्फ्रारेड थर्मोमिटर, स्व–जाँच गर्ने थर्मोमिटर, व्यक्तिगत सुरक्षाकवच, ज्वरोको अभिलेख राख्ने खाता, कुनै कुराआवश्यक परेमा माग गर्नको लागि र रोगको लक्षण देखिएमा तत्कालै जानकारी दिन र सम्पर्क गर्नको लागि ईमरजेन्सि फोन नम्बरआदिको उचित व्यवस्था गरिएकोछ।आवश्यकता अनुसार प्रयोग गर्नुहोस्।

– आवस्यकता अनुसार मानसिक स्वास्थ्य जाँच गर्ने तथा अन्य मनोसामाजिक परामर्शदिने व्यवस्था गरिएको छ। आफुलाई त्यस्तो कुनै समस्या भएमा तुरुन्तै स्वास्थ्य कर्मचारीलाई खबर गर्नुहोस्।

– आवश्यकता अनुसार मेडिकल वा अन्य सरसामाग्री सहज रुपमा उपलब्ध गराईनेछन।

– तपाईले नियमीत सेवन गरिरहेको औषधीहरू सकिएमा स्वास्थ्य कर्मचारीलाई समयमा नै जानकारी गराउनुहोस, तुरुन्तै उपलब्ध गराईनेछ।
– तपाईहरु सबैको प्रारम्भीक त्जचयबत क्धबद जाँच क्वारेन्टाईनमा पुगेको २४ घण्टा भित्र र अर्को जाँच १४ दिनमा गरिनेछ।

– क्वारेन्टाईन रहेका व्यक्तिहरूमा शंकास्पद लक्षण देखिएमा थप परीक्षण तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिनेछ।
– क्वारेन्टाईनमा रहदा तपाईहरुले अभिभावकहरुसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाउनुहुने छैन।

– तपाँईहरुले त्यहाँ दिईएको हरेक नियम (Room rules, rest room rules, food rules, timing rules) हरुको पूर्णरुपमा पालना गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय