जवरजस्ती गर्भपतनको आरोपमा एक चिकित्सक र दुई स्वास्थ्यकर्मी दुई सातादेखि प्रहरी हिरासतमा, मुख्य आरोपी गाउँपालिका अध्यक्ष फरार

हेल्थपोस्ट/काठमाडौँ
प्रकाशित
२०७६ फागुन ३ गते १०:४५

अन्तर्जातीय प्रेमविवाह गरेकी युवतीको २१ हप्ता कटेको गर्भ जवरजस्ती पतन गराएको आरोपमा फिदिमस्थित समर्पित अस्पतालका चिकित्सक डा. विशाल सुवेदीसहित दुई स्वस्थ्यकर्मी पक्राउ परेका छन् । सरकारी अस्पतालमा समेत काम गर्ने डा. सुवेदीको गर्भपतन गराइएको अस्पताल निजी हो ।
पाँचथरको कुम्मायक गाउँपालिका–५ स्याबरुम्बाकी सिता नेपालीले माघ २२ मा जिल्ला प्रहरी कार्यलयमा सात जनाविरुद्ध किटानी जाहेरी दिएपछि उनीहरु पक्राउ परेका हुन् । स्थानीय रमेश खड्कासहित उनको परिवार र जनप्रतिनिधको मिलेर गत पुस २४ गते जिल्ला अस्पतालमा गर्भपतन गराएको थियो ।
उजुरीपछि प्रहरीले खोजी गर्दा प्लाष्टिकमा पोको पारेर फारेको अवस्थामा भूर्ण भेटाएको थियो ।प्रहरी हिरासतमा रहेका चिकित्सकहरुले गाउँपालिका अध्यक्षको दबाबमा गर्भपतन गराएको वयान दिए पनि गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ नै फरार रहेको चिकित्सक र स्वास्थ्यकर्मीसमेत छुट्न सकेका छैनन् । अध्यक्षसँगै युवतीका श्रीमान् रमेश खड्कासमेत फरार छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको जनाएको छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनमा गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको मात्रै गर्भपतन गर्न सक्ने, विशेष अवस्थामा चिकित्सको सिफारिसमा २८ हप्तासम्मको गर्भपतन गर्न पाउने व्यवस्था छ । प्रेमविवाह गरेका सिता र रमेशको विवाह चित्त नबुझेपछि परिवार र गाउँपालिका अध्यक्ष मिलेर चिकित्सक र स्वास्थ्यकर्मीलाई दबाब दिएर गर्भपतन गराएको देखिएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय