बिदा स्वीकृत नगराई अनुपस्थित आरोपमा एनएमए वरिष्ठ उपाध्यक्षसहित ३ प्रमुख कन्सल्टेन्ट डाक्टरलाई स्पष्टीकरण

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७६ फागुन १ गते १६:३०

नेपाल सरकारले बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित हुने ३ चिकित्सकलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिदा स्वीकृत नगराई अनुपस्थित हुने चिकित्सकहरूलाई स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिए ।

सरकारले स्पष्टीकरण लिन लागिएका बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित हुने चिकित्सकमा डा. ढुण्डीराज पौडेल, डा. राजेन्द्रसन्जेन क्षेत्र र डा. विष्णुकुमार पौडेल छन् । तीनैजना नेपाल सरकारको प्रमुख कन्सल्टेन्टका रूपमा स्वास्थ्यसेवाको ११औँ तहमा कार्यरत चिकित्सक हुन् ।

नेपाल स्वास्थ्य सेवा ऐन २०५३ र नियमावली २०५५ अनुसार उनीहरूलाई स्पष्टीकरण सोध्न लागिएको मन्त्री बाँस्कोटाले नियमित पत्रकारसम्मेलनमा जानकारी दिए । मन्त्री बाँस्कोटाका अनुसार उनीहरूलाई स्वास्थ्यसचिवमार्फत स्पष्टीकरण सोधिनेछ । स्पष्टीकरण चित्तबुझ्दो नलागेमा मन्त्रालयले विभागीय कारबाही अघि बढाउन सक्नेछ ।

इएनटी सर्जन डा. ढुण्डीराज नेपाल चिकित्सक संघका निवर्तमान वरिष्ठ उपाध्यक्षसमेत हुन् । उनी नेपाल सरकारको ११औँ तहका प्रमुख कन्सल्टेन्ट इएनटी सर्जन हुन् । लामो समय वीर अस्पतालमा सेवा गरेका उनी पछिल्लो तराईमा सरुवा भएका थिए ।
त्यस्तै, प्रमुख कन्सल्टेन्ट डा. राजेन्द्र अर्थोपेडिक सर्जन हुन् । अर्का प्रमुख कन्सल्टेन्ड डा. विष्णुकुमार फिजिसियन हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय