धुमपान छोड्दा फोक्सो आफैँ ठिक हुन्छ !
वैज्ञानिकका अनुसार मान्छेको फोक्सोमा जादुमयी क्षेमता हुन्छ । जसले धुमपानबाट हुने कतिपय हानिलाई आफै ठिक गरिदिन्छ । फोक्सोको क्यान्सरका लागि म्युटेशन्सलाई स्थायी मानिन्छ । त्यो धुमपान छोड्दा पनि त्यही रहने विश्वास गरिन्छ । तर, नेचरमा छापिएको शोधका अनुसार केही सेल्सले फोक्सोमा भएको हानीलाई ठिक गरिदिन्छन् ।
यो प्रभाव धुमपान छोड्नु भन्दा पहिले ४० वर्षसम्म धुमपान गरेका मान्छेमा पनि देखिएको छ। धुमपान गर्दा तम्बाखुमा यस्ता हजारौं रासायन हुन्छन् जसले फोक्सोका सेल डिएनएलाई नस्ट गरिदिन्छन् र विस्तारै स्वास्थ्यमा क्यान्सर बनाउन सुरु गर्छन् ।
यस शोधका अनुसार क्यान्सर हुने मध्ये धुमपान गर्नेको फोक्सोमा यसको मात्रा बढी हुन्छ ।धुमपान गर्ने विरामीको फोक्सोबाट यस्ता सेल्स लिइएकोमा तम्बाखुबाट परिवर्तित भएको पाइएको थियो । यसमा दश हजार अनुवंशीक सेल नस्ट भएको पाइएको थियो ।
युसिएलका शोधकर्ता डाक्टर केट गोवर्स भन्छन्, ‘यसलाई एक सानो बमको रुपमा सम्झिन सकिन्छ । जसले अघिल्लो कदमको प्रतिक्षा गरिरहेका छन् र क्यान्सरमा बदलिन सक्छन् ।’ तर, सेल्सको एक सानो हिस्सा मर्दैन ।
धुमपानबाट अनुवंशिक परिवर्तन किन हुन्छ यो अझै प्रस्ट भइसकेको छैन । तर, शोधकर्ताका अनुसार त्यो परमाणु बंकर जस्तो लाग्छ । शोधका अनुसार धुमपान छोड्दा बचेका सेल्सको संख्या बढ्न जान्छ र फोक्सोमा क्षेति पु¥याउने सेल्सलाई हटाइदिन्छ ।
धुमपान छोडेका मान्छेको ४० प्रतिशन फोक्सोको सेल्स धुमपान नगर्ने मान्छेको जस्तो हुन्छ ।सेङ्गर इस्टिट्युटका डाक्टर पिटर क्याम्पबेल यो अनुसन्धानका लागि आफूहरू पूर्णरुपमा तयार नभएको बताउँछन् ।उनले भने, ‘यो सेल्सको संख्या आचार्यजनक रुपमा फोक्सोमा बृद्धि हुन्छ र बेकार सेल्सलाई हटाई दिन्छ।’
‘४० वर्षसम्म धुमपान गरेका मान्छेमा धुमपान छोड्दा निकै बदलाव आएको देखियो। उनीहरूका सेल्स फेरी बढे जो तम्बाखुको सम्पर्कमा आएका थिएनन्’, शोधमा भनिएको छ। शोधकर्ताका अनुसार अहिले धुमपान छोड्दा फोक्सोको कति भाग ठिक हुन्छ भन्ने जाँच्न अझै बाँकी रहेको बताइएको छ । यस शोधमा फोक्सोको ठूलो एयरवेजमा ध्यान केन्द्रीत गरिएको छ । जसमा एलवेओली जस्ता एयरवेजलाई सामेल गरिएको छैन ।
ब्रिटेनमा प्रत्यक वर्ष फोक्सोको क्यान्सरबाट ४७ हजार मानिस ग्रसित हुने बताइएको छ । यसमध्ये तीन चौथाईलाई धुमपानका कारणबाट क्यान्सर हुने गरेको शोधले देखाएको छ । शोधका अनुसार फोक्सोको क्यान्सरको खतरा त्यही दिनबाट कम हुन थाल्छ जुनदिन तपाई धुमपान छोड्नुहुन्छ ।
क्यान्सर रिसर्च युकेका डाक्टर रेचेल आरिट भन्छन्, ‘यो एउटा निकै प्रेरणादायी शोध हो । जसले धुमपान छोड्नु स्वास्थ्यका लागि कति महत्वपूर्ण छ भन्ने देखाएको छ । धुमपान छोड्दा तम्बाखुबाट फोक्सोमा हुने क्षतिलाई बचाउन सकिन्छ र फोक्सोलाई नोक्सानी पु¥याउने सेल्सलाई हटाउन सकिन्छ ।’