नमुना परीक्षणका लागि प्रदेश स्वास्थ्य प्रयाेगशालाकाे टोली गुम्बा बस्तीमा

हेल्थपोस्ट नेपाल

रुघाखोकी र ज्वारोले एकैपटक धेरै मानिस बिरामी पर्न थालेपछि वागमती जनस्वास्थ्य प्रयोगशालाको एउटा टोली सिन्धुपाल्चोक जिल्लाको प्रभावित गाउँमा पुगेको छ।

जुगल गाउँपालिकाको गुम्बा वस्तीमा रुघा खोकी र ज्वरोका कारण मानिस धमाधम बिरामी पर्न थालेका थिए। त्यसपछि गाउँपालिकाले कोराना भाइरसको आशंका गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बिरामीको स्याम्पल परीक्षण गर्ने मंगलबार पत्रचार गरेको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशनमा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको टोली चिकित्सकसहितको स्वास्थ्यकर्मी प्रभावित ठाउँमा गएको सिन्धुपाल्चोक स्वास्थ्य कार्यलयका प्रमुख दुर्गादत्त चापागाईले जनाकारी दिए।

‘प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट चिकित्सक, नर्स र प्रयोगशालाका प्राविधिकसहितको टोली बिरामीको स्याम्पल परीक्षणका लागि गुम्बागाउँतर्फ गएका छन्’, चापागाईले भने, ‘केहि समयपछि नमुना परीक्षण गरेर मात्र एकिन गर्न सकिला ।’

केही बिरामीको स्याम्पल संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो चरणमा इफ्लुएन्जा परीक्षण गरिनेछ ।

‘बिरामी सामान्य अवस्था रहेका छन् । स्वास्थ्यकर्मिले जनाए अनुसार मौसमी रुघाखाकी हो, चापागाईले भने,‘ स्वास्थ्यकर्मिले बिरामीमा कुनै कोरोनाको लक्षण नभएको बताएका छन् ।’
गुम्बागाउँमा तीनदिन अघिदेखि देखिन थालेको रुघाखोकीको संक्रमणबाट हालसम्म १ सय ५९ जना बिरामी परिसकेका चापाईले जनाकारी दिए ।

कोरोनाको लक्षण छैन, नआत्तिनुस् : मन्त्री दुलाल

सिन्धुपाल्चोकमा दुई सय मानिस बिरामी, ‘कोरोनाको जस्तै लक्षण देखियो’



Leave a Reply

Your email address will not be published. Required fields are marked *