कोरोनाको लक्षण छैन, नआत्तिनुस् : मन्त्री दुलाल

बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सिन्धुपाल्चोकका बिरामीमा ‘कोरोना’को लक्षणहरु नदेखिएको बताएका छन्।
चिकित्सकहरुको प्रारम्भीक चेकजाँचका क्रममा जिल्लाको जुगल गाउँपालिकामा भेटिएका बिरामीलाई मौसमी रुघाखोकीमात्रै देखिएको उनले बताए।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको गुम्बामा बिरामी भएका २ सयजनालाई कोरोनाको जस्तै लक्षण देखिएको भन्दै गाउँपालिकाले सरकारलाई पत्र लेखेको थियो।

सिन्धुपाल्चोकको जुगल गाऊँपालिकाको गुम्बामा देखिएको भाईरल रुघा, खोकी, ज्वरोको बारेमा स्वास्थ्यकर्मिले हिजो देखिनै…

Posted by Yubaraj Dulal Sharad on Tuesday, February 11, 2020

हेल्थपोस्टसंग कुराकानी गर्दै मन्त्री दुलालले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको टोली बुधबार नै घटनास्थलमा पुगेर परीक्षणको लागि नमुना संल्कलन गर्ने बताए।

‘बिरामी भएका मानिसमा कुनै कोरोनाको चिन्ह देखिएको छैन,स्वास्थ्यर्र्मीको अनुसार मौसमी रुघाखोकीमात्रै हो’ दुलालले भने,‘आत्तिनुपर्ने अवस्था छैन।’
सरकारले मंगलबारदेखि नै आवश्यक पहल लिई सकेको र प्रयोगशालाको रिर्पोट नआएसम्म धैर्यतागरी बस्न सिन्धुबासीलाई आग्रह गरेका छन् ।
उनले सामाजिक सन्जाल फेसबुकमा पनि बिरामीहरुको बारेमा लेख्दै नआत्तिन अनुरोध गरेका छन्।

सिन्धुपाल्चोकमा दुई सय मानिस बिरामी, ‘कोरोनाको जस्तै लक्षण देखियो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय