सिन्धुपाल्चोकमा दुई सय मानिस बिरामी, ‘कोरोनाको जस्तै लक्षण देखियो’

चीनबाट महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी सिन्धुपाल्चोकमा भेटिएका छन्। जुगल गाउँपालिकाको गुम्बा गाउँमा बिरामीहरु कोरोनाभाइरसका लक्षण भएका बिरामी २ सय १ जनामा सक्रमित भएको जनाइएको छ ।

गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङका अनुसार कोरोना भाइरस जस्तै लक्षण भएका कारणले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्रचार गरेको बताइन । हेल्थपोस्ट संग कुरा गर्दै तमाङले भनिन्, ,‘हामी स्वास्थ्य टोली लिएर अहिले त्यसतर्फ जाँदै छौं । २०१ बिरामी भएकामध्ये १० जनामा सुधार आएको बुझिएको छ ।’

उनका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएका छन् । कोरोना संक्रमितमा जस्तो लक्षण बिरामीमा भेटिएपछि गाउँपालिकाले मंगलबार यसको पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

२३ गतेदेखि यो बस्तीमा फाट्टफुट्ट यस्ता बिरामी भेटिएपछि गाउँपालिकाको स्वास्थकर्मीहरुको टोलीले प्रारम्भीक उपचार गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने सिन्धुपाल्चोकमा कोरोना भाइरसका संक्रमित जस्तो लक्षण बिरामी भएको हल्ला सुनेको तर औपचारिकरुपमा जानकारी नआएको बताए।

‘कोरोना भाइरसका संक्रमितको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटियो भन्ने सुनेको छ । तर यसबारे औपचारिक जानकारी आएको भने मलाई थाहा छैन,’ प्रवक्ता श्रेष्ठले हेल्थपोस्ट संग भने ।’

सिन्धुपाल्चोक चीनसँग सीमा जोडिएको छ । यसअघि चीनबाट संक्रमण फैलन सक्ने भन्दै चीनसँग जोडिएको यहाँको तातोपानी नाका बन्द गरिएको थियो ।

चीनको वहानमा देखापरेको कोरोना भाइरस अहिले चीनसहित विश्वका २ दर्जन बढी मुलुकमा देखापरेको छ । यसबाट चीनमा मात्रै करिब १ हजार ज्यान गइसकेको छ भने ४२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय