नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य–सचिवमा डा. प्रदीप ज्ञवाली

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य–सचिवमा डा. प्रदीप ज्ञवाली नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. ज्ञवालीलाई परिषद्को सदस्य–सचिवमा मनोनयन गरेको हो ।

परिषद्को सदस्य–सचिव पद एक वर्षदेखि रिक्त थियो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको रिक्त पदमा मनोनयनका लागि डा. ज्ञवालीको नाम सिफारिस गरेका थिए ।

डा. ज्ञवालीले यसअघि परिषद्को कार्यकारी सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका छन् । डा. ज्ञवाली त्रिभुवन विश्वविद्यालयअन्तर्गत महाराजगन्ज मेडिकल क्याम्पसमा सहप्राध्यापकका रुपमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय