Breaking: चिकित्सक संघमा डा. लोचन कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल विजयी, प्रगतिशीललाई एक सदस्य

नेपाल चिकित्सक संघको २८औँ कार्यसमितिलागि सम्पन्न मतदानमा लोकतान्त्रिक प्यानलले अध्यक्षसहित ७ पदाधिकारी र ५ सदस्यमा जितेको छ । दुई चरणमा सम्पन्न मतदानको पाँच दिनदेखि जारी मतगणनाको बुधबार राति घोषित परिणामअनुसार डा. लोचन कार्की खसेको कुल ६१५७ मतको ४१११ मत अर्थात् ६६.७६ प्रतिशत मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भए ।

अध्यक्षका अर्का उमेदवार प्रगतीशील समूहका डा. पुष्पमणि खरालले १९७९ मत प्राप्त गरे । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक समूहकै डा. शिवप्रसाद श्रेष्ठ, उपाध्क्षमा डा. अनिल कार्की, महासचिवमा डा. बद्री रिजाल, कोषाध्यक्षमा डा. प्रकाश बुढाथोकी, सहसचिवमा डा. निरजकुमार सिंह र सहकोषाध्यक्षमा डा. विश्वराज दवाडी निर्वाचित भएका छन् ।
पदाधिकारी मध्ये अन्य पदमा दुइ/दुइ उमेदवारबीच प्रतिस्पर्धा भएको थियो । तर, महासचिवमा चार उमेदवार प्रतिस्पर्धामा थिए । महासचिवका उमेदवार डा. बद्री रिजालले २४३१ मत प्राप्त गरेका थिए ।

त्यसैगरी सदस्यहरुमा डा. रितेश थापा, डा. नन्दाकुमारी गुरुङ, डा. विपेश आचार्य, डा. सञ्जिव तिवारी, डा. लिजन महर्जन र डा. प्रमोद जोशी निर्वाचित भएको घोषणा प्रमुख निर्वाचन अधिकृत डा. बाबुराम मरासिनीले बताए । निर्वाचित सदस्य मध्ये डा. महर्जन प्रगतीशील प्यानलका उमेदवार हुन् । निर्वाचन अधिकृत डा. नविन्द्र विष्ठका अनुसार निर्वाचन परिणामको औपचारिक घोषणा भने बुधबार दिउँसो घोषणा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय