चिकित्सक संघको मतगणना अन्तिम चरणमा, १३ मध्ये १२ लोकतान्त्रिक उम्मेदवार, एक सदस्य प्रगतिशीलको पोल्टामा निश्चितप्रायः

नेपाल चिकित्सक संघको जारी मतगणनाको अन्तिम चरणमा प्रवेश गर्दैगर्दा ७ पदाधिकारीसहित ५ सदस्यमा लोकतान्त्रिक समूहमका उमेदवार निर्वाचित हुने निश्चित भएको छ । अध्यक्ष, उपाध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महासचिव, सहचिव र सहकोषाध्यक्षमा लोकतान्त्रिक समूहका क्रमशः डा. लोचन कार्की, डा. अनिल कार्की, डा. शिवप्रसाद श्रेष्ठ र डा. बद्री रिजाल,, डा. निरज सिंह र डा. विश्वराज दवाडी निर्वाचित हुने निश्चित प्रायः भएको छ ।

यसैगरी सदस्यमा पनि डा. रितेश थापा, डा. नन्दाकुमारी गुरुड., डा. विपेश आचार्य, डा. संजिव तिवारी, डा. प्रमोद जोशी निर्वाचित हुने करिव निश्चित प्रायः भएको छ । हालसम्म लोकतान्त्रिक प्यानलका सदस्य पदका उमेदवार डा. विक्रान्त ढकाल पछाडि परेर प्रगतीशील समूहका डा. लिजन महर्जन अगाडि आएका छन् । विराटनगरको केही मत र राजविराजको मत गणना वाँकी रहेकाले त्यसको साथमा ढकालसमेत विजायी हुने आशा लोकतान्त्रिक समूहको छ ।

चिकित्सक संघ निर्वाचनको मतगणना-५५८६

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय