नेपाल चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्कीकाे जित निश्चित
नेपाल चिकित्सक संघमा डा. लोचन कार्की निर्वाचित हुने निश्चित भएको छ।
यसपालिको निर्वाचनमा जम्मा ६ हजार १ सय ५२ मत खसेको थियो।
५ हजार २ सय ८५ मत गणना हुँदा डा. कार्कीले ३ हजार ५ सय ३२ मत प्राप्त गरेका छन्।
यो खसेको मतको ५० प्रतिशतभन्दा बढी मत हो।
उनका प्रतिद्वन्द्वी डा.पुष्पमणि खरालले अहिलेसम्म १ हजार ७ सय ८ मत प्राप्त गरेका छन्।
त्यस्तै उपाध्यक्ष डा. अनिलविक्रम कार्कीले पनि आधाभन्दा बढी ३ हजार ४ सय १९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी डा. रञ्जीतकुमार झाले १ हजार ६ सय ६१ मत प्राप्त गरेका छन्।
लाेकतान्त्रिक प्यानलबाट महासचिब डा. बद्री रिजालले २१११ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी डा. मधुर बस्नेतले १२१६ मत प्राप्त गरेका छन्। महासिचबकै उम्मेदवार डा. अजयकुमार मिश्रले ७४८
र डा. दीपेन्द्र पाण्डेले १०६५ मत प्राप्त गरेका छन्।
कार्की लोकतान्त्रिक प्यानलबाट अध्यक्षका उम्मेदवार हुन्। यो २८ औं कार्यकारिणी समितिको निर्वाचनमा डा. कार्की लगायत सबै पदाधिकारी र अधिकांश सदस्यहरु उनकै प्यानलबाट अग्रता लिइरहेका छन्।
आगामी फागुन १५ गतेदेखि पोखरामा हुने राष्ट्रिय सम्मेलनबाट यो नयाँ नेतृत्वले कार्यभार सम्हाल्ने छ।
पछिल्लो मतगणनाको पूर्ण नतिजा हेर्न यो लिंक खोल्नुहोस्