चिकित्सक संघ : ६० प्रतिशत मतगणना सकियो, ३७२२ गन्दा अध्यक्षमा मतान्तर १२१५

हेल्थपोस्ट नेपाल

नेपाली चिकित्सक संघको २८औं कार्यकारिणी समितिका लागि सम्पन्न मतदानको जारी मतगणनाअनुसार हालसम्म ६० प्रतिशत मतगणना गर्दा लोकतान्त्रिक समूहका अध्यक्ष डा. लोचन कार्कीले मनान्तर फराकिलो बनाउँदै लगेका छन् ।
९ हजारभन्दा बढी सदस्य रहेको संघमा योपटक ६ हजार १ ५२ मत खसेको थियो । आइतबार मध्यरातसम्मको परिणामअनुसार डा. लोचन कार्कीले ३७२२ मध्ये २४४८ मत प्राप्त गरेका छन् । जुन खसेको मतको ६५ प्रतिशत हो । जसमा ७ पदाधिकारी र ६ सदस्यसहित १३ पदमै लोकतान्त्रिक समूहका उमेदवारले अग्रता लिएका छन् ।
पदाधिकारीमध्ये सबैभन्दा फराकिलो अन्तर अध्यक्षमा र साँघुरो अन्तर कोषाध्यक्षमा छ ।

बढी मतका आधारमा सदस्यका उमेदवारको क्रम

डा. रितेश थापा २१६५
डा. नन्दकुमारी गुरुङ २०२३
डा. विपेश आचार्य १८२९
डा. सञ्जिव तिवारी १७०७
डा. प्रमोद जोशी १६१८
डा. विक्रान्त ढकाल १६००
डा. लिजन महर्जन १५९५
डा. राकेश कुमार साह १५००
डा. सुमान काफ्ले १३२४
डा. दीपकप्रसाद कोइराला ११६०
डा. त्रिभुवन चन्द्र झा ११४९
डा. अमित चतुर्वेदी ९६६
डा. जगदिशचन्द्र विष्ट ८५०
डा. प्रवीणकुमार गिरी ४७५

पछिल्लो मतगणनाको पूर्ण नतिजा हेर्न यो लिंक खोल्नुहोस्

चिकित्सक संघ निर्वाचनको मतगणना-३७२२



Leave a Reply

Your email address will not be published. Required fields are marked *