चिकित्सक संघ सात पदाधिकारी प्रतिस्पर्धामा सबैभन्दा बढी मतान्तर अध्यक्षमा, कम कोषाध्यक्षमा, ६ सदस्यमा पनि लोकतान्त्रिक प्यानलकै उम्मेदवार अगाडि

नेपाल चिकित्सक संघको २८औं कार्यकारिणी समितिका लागि सम्पन्न मतदानको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार ३५२२ मत गन्दा सबैभन्दा बढी मतान्तर अध्यक्ष पदमा देखिएको छ । अध्यक्ष पदमा डा. लोचन कार्की अर्का प्रत्याशी डा. पुष्पमणि खराल भन्दा ११५० मतले अगाडी छन् ।
७ पदाधिकारी मध्ये लोकतान्त्रिक र प्रगतीशील प्यानलका उमेदवारमध्ये कोषाध्यक्षमा सबैभन्दा कम अर्थात् ३३२ मतान्तर छ । जसमा लोकतान्त्रिक समूहबाट डा. प्रकाश बुढाथोकी र प्रगतीशील प्यानलबाट डा. सञ्जितकुमार झा मैदानमा छन् ।

चार प्रतिस्पर्धी रहेको महासचिवमा पनि लोकान्त्रिक समूहका तर्फबाट उमेदवार बनेका डा. बद्री रिजाल र प्रतिस्पर्धामा रहेका डा. मधुर बस्नेतबीच ५०९ मतको अन्तर छ ।

अध्यक्षपछि सबैभन्दा बढी मतान्तर उपाध्यक्ष पदमा छ । आफ्ना प्रतिस्पर्धी डा. रञ्जितकुमार झाभन्दा डा. अनिल कार्की ११३७ मतले अगाडी छन् । त्यसैगरी सहसचिवमा लोकतान्त्रिक प्यानलका डा. निरजकुमार सिंह प्रगतीशील प्यानका डा. सैलेश झा भन्दा ११२७ मतले अगाडी छन् ।
६ सदस्य सदस्यका लागि चुनावी प्रतिस्पर्धामा रहेका १४ मध्येमा पनि लोकतान्त्रिक समूहकै ६ जना अगाडी छन् । त्यसपछि ७ र ८ नम्बरमा क्रमशः प्रगतीशील प्यानलका डा. लिजन महर्जन र डा. राकेशकुमार साहले पछ्याइरहेका छन् ।

कुन पदमा कतिको अन्तर

पद                        मतान्तर

अध्यक्षमा                 ११५०
बरिष्ठ उपाध्यक्षमा    ८१६
उपाध्क्षमा                ११३७
महासचिवमा         ५०९
कोषाध्यक्षमा         ३३२
सहसचिवमा         ११२७
सहकोषध्यक्षमा    ८९७

सदस्यमा सबैभन्दा बढी मत ल्याउने ८ मा
डा. रितेश थापा             २०३५
डा. नन्दकुमारी गुरुङ   १९१९
डा. विपेश आचार्य         १७४१
डा. सञ्जिव तिवारी          १७०५
डा. प्रमोद जोशी           १५३०
डा. विक्रान्त ढकाल       १५१६
डा. लिजन महर्जन        १४९६
डा. राकेश कुमार साह    १४११

चिकित्सक संघ निर्वाचनको मतगणना-३२२२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय