काठमाडौंमा पनि लोकतन्त्रिक प्यानलकै अग्रता

नेपाल चिकित्सक संघको २८औं कार्यकारिणी समितिका लागि सम्पन्न निर्वाचनको मतगणना जारी छ। अहिले संघको काठमाडौंको मतगणना सुरु भएको छ।

उपत्यकाको पहिलो सय मत गन्दा लोकतन्त्रिक प्यानलले अग्रता लिएको छ। लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार डा. लोचन कार्कीले १ सय मत गन्दा ७० ल्याएका छन्। सय मत गन्दा काठमाडौंबाट अधिकांश मत उनकै प्यानललाई नै आएको छ। त्यस्तै प्रगतिशीलका उम्मेदवार डा. पुष्पमणि खरालले ३० मत ल्याएका छन्।

काठमाडौंमा माघ १७ देखि २१ सम्म मतदान भएको थियो। जसमा करिब ३ हजार १ सयहाराहारी मत खसेको थियो।

उपत्यकाका १६ शाखामा पहिलो चरणमा भएको मतको गणना सकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय