चिकित्सक संघकाे मतगणना अपडेट : यी हुन् बढी मत ल्याउने ६ सदस्य

नेपाल चिकित्सक संघको २८औं कार्यकारिणी समितिका लागि सम्पन्न निर्वाचनको अहिलेसम्म २७२२ मत गनि सकिएको छ ।

प्रारम्भिक नतिजाअनुसार अध्यक्षसहित सबै अधिकांश पदाधिकारीमा डा. लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहका उम्मेदवारहरू लिड गरिरहेका छन् ।

हालसम्म २७२२ मत गनिँदा अध्यक्षमा कार्कीले १७६९ र खरालले ९१९ मत पाएका छन् । अहिलेसम्मको मतगणना हेर्दा सबैभन्दा बढी मत अध्यक्ष पदका उमेदवार डा. लोचन कार्कीले नै पाएका छन् ।

सदस्यतर्फ डा. रितेश थापा १५०६ मा साथ अग्रस्थानमा छन् । यस्तै डा. नन्दकुमारी गुरुङ, डा. विपेश आचार्य, डा. सञ्जिव तिवारी, डा. विक्रान्त ढकाल, डा. प्रमोद जोशी क्रमश: १४६६, १३७०, १३०३, ११७७, ११४८ मतका साथ प्रतिष्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय