चिकित्सक संघ मतगणना अपडेट : यी हुन् सर्वाधिक मत ल्याउने उम्मेदवार

हेल्थपोस्ट नेपाल

नेपाल चिकित्सक संघको २८औं कार्यकारिणी समितिका लागि सम्पन्न निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म २७२२ मत गनिसक्दा लोकतन्त्रीक समूह अगाडि छ।

प्रारम्भिक नतिजाअनुसार अध्यक्षसहित सबै अधिकांश पदाधिकारीमा डा. लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहका उम्मेदवारहरु अगाडि छन्।

हालसम्म २७२२ मत गनिँदा अध्यक्षमा कार्कीले १७६९ र खरालले ९१९ मत पाएका छन्। अहिलेसम्मको मतगणना हेर्दा सबैभन्दा बढी मत अध्यक्ष पदका उमेदवार डा. लोचन कार्कीले नै पाएका छन् ।

यसैगरी, महासचिव, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सहसचिवमा लोकतान्त्रिक समूहका उम्मेदवारहरु निकै अगाडि छन्।

वरिष्ठ उपाध्यक्षमा डा. शिवप्रसाद श्रेष्ठ १५८५ मतका साथ लिड गरिरहेका छन् भने डा. रक्षा श्रेष्ठ ९९७ मतका साथ पछ्याइरहेकी छन्।

यसैगरी महासचिवमा डा. बद्री रिजाल १०१२, डा. मधुर बस्नेत ७१६, डा. दिपेन्द्र पाण्डे ४६० र डा. जयय कुमार मिश्र ४६० मतका साथ प्रतिस्पर्धामा छन्।

यस्तो छ अन्य पदाधिकारीको मत अपडेट

कोषध्यक्ष
डा. प्रकाश बुढाथोकी १४१५
डा. सञ्जितकुमार साह ११७४
सहसचिब
डा. निरजकुमार सिंह १७१०
डा. सैलेन्द्र झा ८३६

सहकोषाध्यक्ष
डा. विश्वाराज दवाडी १५९१
डा. उदयनारायण सिंह १०२४

सदस्यहरु
१. अमित चतुर्वेदी ७२६
२. डा. विक्रान्त ढकाल ११७७
३. डा. विपेश आचार्य १३७०
४. डा. दीपकप्रसाद कोइराला ८६१
५. डा. जगदिशचन्द्र विष्ट ६७०
६. डा. लिजन महर्जन १०८३
७. डा. नन्दकुमारी गुरुङ १४६६
८. डा. प्रमोद जोशी ११४८
९. डा. प्रवीणकुमार गिरी ३६९
१०. डा. राकेश कुमार साह ११२५
११. डा. रितेश थापा १५०६
१२. डा. सञ्जिव तिवारी १३०३
१३. डा. सुमान काफ्ले ९७२
१४. डा. त्रिभुवन चन्द्र झा ८७२



Leave a Reply

Your email address will not be published. Required fields are marked *