विश्वमा फैलिएका केही महामारी

चीनबाट फैलिएको कोरोन भाइरस अहिले पूरै विश्वका लागि एक प्रकारको ‘डर’ बनेको छ।

हुन पनि यो भाइरसको संक्रमण यति तीब्र गतिमा फैलिएको छ कि, चिकित्सा विज्ञानले त्यसको कुनै अनुमान नै गर्न सकेको छैन।

न यसको कुनै औषधि नै छ न कुनै भ्याक्सिन। ठ्याक्कै के कारणले यो भाइरस फैलियो भन्नेबारेमा पनि अझैं केही पत्तो छैन।

कोरोना भाइरसको संक्रमण निकै तीब्र गतिमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल पनि घोषणा गर्नुपरेकाे थियाे।

यो भाइरसको संक्रमणबाट अहिलेसम्म ८ सय १३ जनाको मृत्यु भइसकेको छ। ३७ हजार ५ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने ६ हजार एक सयभन्दा बढी मानिस गम्भीर छन्।

त्यस्तै २९ हजार भन्दा मानिसलाई यसको संक्रमण आशंका गरिएको छ।

तर, विश्वमा फैलिएको यो महामारी मात्रै पहिलो होइन। र, अहिलेसम्म विश्व स्वास्थ्य संगठनले ६ पटकसम्म विश्वव्यापी संकटकाल घोषणा गर्नुपरेको छ।

अमेरिकामा फैलिएको सिजनल फ्लुका कारण १० हजार भन्दा बढी मानिसको मृत्यु भएको छ।

एक करोड ३० लाखभन्दा बढी मानिस यो फ्लुबाट बिरामी भएका थिए।

गत डिसेम्बरबाट संक्रमण फैलिन थालेको यो फ्लु अझैं नियन्त्रणमा आइसकेको छैन।

२००३मा फैलिएको सार्सको संक्रमणका कारण ८ सय १३ जना मानिसको मृत्यु भएको थियो भने ८ हजार ४ सय २७ जना मानिस बिरामी परेका थिए।

अमेरिकाको न्यूयोर्क, सानफ्रान्सिस्को, मनिला, हङकङ लगायतका देशमा यो संक्रमण फैलिएको थियो।

मध्यपूर्वी देशमा फैलिएको मर्स(कोरोनाभाइरस)का कारण ८ सय ५८ जनाको मृत्यु भएको थियो भने २ हजार ४ सय ९४ मानिस बिरामी परेका थिए।
पहिलोपटक २०१३मा यूएईमा यो भाइरसको संक्रमण देखा परेको थियो। र, यो वर्षको सुरुवातमै पनि यसले महामारीकै रुप लियो।

अफ्रिकी देशहरुमा ४० वर्षदेखि महामारीको रुप लिइरहेको इबोलाका कारण हरेक वर्ष कयौं मानिसले ज्यान गुमाइरहेका छन्।
पछिल्लो तथ्याङ्कअनुसार इबोलोको संक्रमणबाट १५ हजार १ सय ५८ जना मानिसको ज्यान गएको छ।

सुरुमा कंगोबाटै सुरु भएको यो इबोला भाइरसको संक्रमण २०१९मा पनि कंगोमै महामारीको रुपमा फैलियो। यो बेला पनि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको थियो।

स्वाइन फ्लुका रुपमा चिनिने ‘एच वान एन वान’ फ्लुका कारण सबैभन्दा धेरै मानिसको मृत्युको रेकर्ड छ। यो रोगका कारण २ लाख ८४ हजार ५ सय मानिसको निधन भएको थियो।
२००९मा विश्वका धेरै देशमा यसको महामारी फैलिएपछि विश्व स्वास्थ्य संकटकाल घोषणा गरिएको थियो।

जम्मा ६ पटक गरियो ‘ग्लोबल हेल्थ इमर्जेन्सी’ घोषणा, कहिले र किन ?

डब्लुएचओले हालसम्म ६ पटक ‘ग्लोबल पब्लिक हेल्थ इमर्जेन्सी’ घोषणा गरेको छ ।

– सन् २००९ मा पहिलोपटक ग्लोबल हेल्थ इमर्जेन्सी घोषणा गरिएको थियो । त्यतिवेला इन्फ्लुएन्जाको महामारी फैलिएको थियो ।

-सन् २०१४ मा दुईपटक ग्लोबल हेल्थ इमर्जेन्सी घोषणा गरियो । त्यतिवेला कैयौँ देशमा पोलियोको पुनरुत्थान भएको थियो । पाकिस्तान, अफगानिस्तान, नाइजेरियालगायत देशमा पोलियो खतराको अवस्थामा देखिएको थियो ।

-त्यसै वर्ष पश्चिमी अफ्रिकामा इबोलाको महामारी फैलिएपछि दोस्रोपटक ग्लोबल हेल्थ इमर्जेन्सी घोषणा गरियो ।

-सन् २०१६ मा जिका भाइरसले महामारीको रूप लिएपछि ग्लोबल हेल्थ इमर्जेन्सी घोषणा गरिएको थियो ।

-सन् २०१९ मा डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इबोलाले प्रकोपको रूप धारण गरेपछि ग्लोबल हेल्थ इमर्जेन्सी घोषणा गरियो ।

-सन् २०२० मा चीनबाट फैलिएकाे नाेबेल काेराेना भाइरसका कारण ग्लोबल हेल्थ इमर्जेन्सी घोषणा गरियो ।

(एजेन्सीहरुकाे सहयाेमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय