विराटनगरको मतगणना चलिरहँदा लोकतान्त्रिक प्यानलकै अग्रता, अध्यक्षमा मतान्तर ६९९

नेपाल चिकित्सक संघको जारी मतगणनामा लोकतान्त्रिक प्यानलको गढ मानिएको विराटनगरको मतगणना चलिरहँदा पूरै प्यानलले अग्रता लिएको छ । सदस्यमा प्रगतीशील प्यानलका एक जनाले अग्रता लिइरहेकोमा विराटनगरको १०० हाराहारी मत गन्दा नै सबै प्यानल अगाडी आएको छ ।

पदाधिकारीमा सुरुदेखि नै सबै जनाले अग्रता लिएपनि विराटनगरले सदस्यमा पछाडि परेकालाई समेत अगाडी ल्यायो । जसमअनुसार सदस्यमा लोकतान्त्रिक प्यानलका क्रमशः डा. रितेश थापा, डा. नन्दा गुरुड., डा. विपेश आचार्य, डा. संजिव तिवारी, विक्रान्त ढकाल र डा. प्रमोद जोशीले नै लिड गरेका छ । विराट नगरको अझै २ सय हाराहारीमा मतगणना वाँकी रहेकोले प्यानललाई ठूलो टेवा पुग्ने विश्वास उमेदवारहरुको छ ।विराटनगर अध्यक्षका उमेदवार डा. लोचन कार्कीको गृहजिल्ला पनि हो ।

विराटनगर, वीरगञ्ज र जनकपुरका भोट मिसाएर गनिएपनि भोटको प्याटन हेर्दा विराटनगरका अधिकांश भोट लोकतान्त्रिक समूहको प्यानललाई नै खसेको देखिएको छ । अन्य क्षेत्रमा स्थानीय उमेदवार, क्षेत्र, अध्ययान गरेको संस्थाजस्ता आधारमा प्यानलको प्याटन फरक छ । विराटनगरपछि लगतै काठमाडौको मत गणना हुने निर्वाचन आयोगले जनाएको छ । वाँकी मतगणना आइतबार विहान ८ बजेदेखि हुने निर्वाचन समितिले जनाएको छ ।

२४२७ मतगणना
अध्यक्ष
१. डा. लोचन कार्की – १५४७
२. डा. पुष्पमणि खराल ८४८

बरिष्ठ उपाध्यक्ष
डा. रक्षा श्रेष्ठ ९०९
डा. शिवप्रसाद श्रेष्ठ – १३९६

उपाध्यक्ष
डा. अनिलविक्रम कार्की १५७९
डा. रञ्जितकुमार झा ७५७
महासचिव
डा. अजय कुमार मिश्र ३८७
डा. बद्री रिजाल ९०८
डा. दीपेन्द्र पाण्डे ४२१
डा. मधुर बस्नेत – ६४५
कोषध्यक्ष
डा. प्रकाश बुढाथोकी १२५७
डा. सञ्जितकुमार साह १०५१
सहसचिब
डा. निरजकुमार सिंह १४९२
डा. सैलेन्द्र झा ७७०

सहकोषाध्यक्ष
डा. विश्वाराज दवाडी १४३०
डा. उदयनारायण सिंह ८९९

सदस्यहरु
१. अमित चतुर्वेदी ६५७
२. डा. विक्रान्त ढकाल १०१८
३. डा. विपेश आचार्य ११९१
४. डा. दीपकप्रसाद कोइराला ७९१
५. डा. जगदिशचन्द्र विष्ट ६२९
६. डा. लिजन महर्जन १००३
७. डा. नन्दकुमारी गुरुङ १३०१
८. डा. प्रमोद जोशी १०१६
९. डा. प्रवीणकुमार गिरी ३०६
१०. डा. राकेश कुमार साह ९९१
११. डा. रितेश थापा १३०८
१२. डा. सञ्जिव तिवारी ११२९
१३. डा. सुमान काफ्ले ९१६
१४. डा. त्रिभुवन चन्द्र झा ७७६

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय