एकजना सदस्यबाहेक सबैमा लोकतान्त्रिक समूह फराकिलाे मतले अगाडि, २१२७ गन्दा कसको कति ?

नेपाल चिकित्सक संघको २८औँ कार्यकारिणी समितिका लागि सम्पन्न निर्वाचनको जारी मतगणनामा लोकतान्त्रिक समूह अगाडि देखिएको छ । प्रारम्भिक नतिजाअनुसार अध्यक्षसहित सबै ७ पदाधिकारीमा डा. लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहका उम्मेदवारहरु अगाडि छन् । डा.पुष्पराज खराल नेतृत्वको प्रगतिशील समूहका एक सदस्य उम्मेदवार मात्र अगाडि देखिएका छन् ।

हालसम्म २१२७ मत गनिएको छ । त्यसमध्ये अध्यक्षमा कार्कीले १३१४ र खरालले ७८६ मत पाएका छन् । यसैगरी, महासचिव, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सहसचिवमा लोकतान्त्रिक समूहका उम्मेदवारहरु निकै अगाडि छन् । पदाधिकारीमध्ये उपाध्यक्षमा अनिलविक्रम कार्कीले सबैभन्दा बढी १४१९ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी प्रगतिशीलका रञ्जितकुमार झाले ६३० मत पाएका छन् ।

सबैभन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको महासचिव पदमा दुई प्यानलका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ । संघमा अध्यक्षपछिको प्रभावशाली पद मानिने महासचिवका लागि मैदानमा रहेका ४ प्रतिस्पर्धीमध्ये लोकतान्त्रिक समूहका डा. बद्री रिजालले ८०२ र प्रगतिशीलका डा. मधुर बस्नेतले ६२३ मत पाएका छन । दुई स्वतन्त्र उम्मेदवार हालसम्म प्रतिस्पर्धामा देखिएका छैनन । महासचिवका स्वतन्त्र उम्मेदवारद्वय डा. दीपेन्द्र पाण्डेले ३८९ र डा. अजयकुमार मिश्रले मत २५८ पाएका छन् । डा.पाण्डे सरकारी चिकित्सक संघ नेपाल (गोदान) पूर्वअध्यक्ष हुन् ।

६ सदस्यका लागि भएको निर्वाचनमा लोकतान्त्रिक समूहका ३, प्रगतिशीलका २ र स्वतन्त्र १ उम्मेदवार अगाडि देखिएका छन् । सदस्यमा सबैभन्दा बढी लोकतान्त्रिक समूहकी डा. नन्दकुमारी गुरुङले ११४७  मत पाएकी छिन । लोकतान्त्रिक समूहका डा. रितेश थापा ११०५ मतका साथ दोस्रो स्थानमा छन् । त्यसैगरीे डा. विपेश आचार्य १०२३, डा. सञ्जिव तिवारी ९५४, डा. प्रमोद जोशी ८२२ मत ल्याएका छन् । प्रगतिशीलका डा. लिजन महर्जले ९३७ मतका साथ चौथो स्थानमा रहेका छन् ।

अध्यक्ष
१. डा. लोचन कार्की – १३१४
२. डा. पुष्पमणि खराल ७८६

बरिष्ठ उपाध्यक्ष
डा. रक्षा श्रेष्ठ ८२९
डा. शिवप्रसाद श्रेष्ठ – ११९१

उपाध्यक्ष
डा. अनिलविक्रम कार्की १४१९
डा. रञ्जितकुमार झा ६३०
महासचिव
डा. अजय कुमार मिश्र २५८
डा. बद्री रिजाल ८०२
डा. दीपेन्द्र पाण्डे ३८९
डा. मधुर बस्नेत – ६२३
कोषध्यक्ष
डा. प्रकाश बुढाथोकी १११३
डा. सञ्जितकुमार साह ९०४
सहसचिब
डा. निरजकुमार सिंह १३३४
डा. सैलेन्द्र झा ६३७

सहकोषाध्यक्ष
डा. विश्वाराज दवाडी १२५८
डा. उदयनारायण सिंह ७७७

सदस्यहरु
१. अमित चतुर्वेदी ५७०
२. डा. विक्रान्त ढकाल ८५६
३. डा. विपेश आचार्य १०२३
४. डा. दीपकप्रसाद कोइराला ७४२
५. डा. जगदिशचन्द्र विष्ट ५९९
६. डा. लिजन महर्जन ९३७
७. डा. नन्दकुमारी गुरुङ ११४७
८. डा. प्रमोद जोशी ८८२
९. डा. प्रवीणकुमार गिरी २४५
१०. डा. राकेश कुमार साह ८१८
११. डा. रितेश थापा ११०५
१२. डा. सञ्जिव तिवारी ९५४
१३. डा. सुमान काफ्ले ८६०
१४. डा. त्रिभुवन चन्द्र झा ६४९

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय