सातै पदाधिकारीमा लोकतान्त्रिक समूहको फराकिलो अग्रता, ६ सदस्यमा लोकतान्त्रिक ५, प्रगतिशील १

नेपाल चिकित्सक संघको २८औँ कार्यकारिणी समितिका लागि सम्पन्न निर्वाचनको जारी मतगणनामा लोकतान्त्रिक समूह अगाडि देखिएको छ । प्रारम्भिक नतिजाअनुसार अध्यक्षसहित सबै ७ पदाधिकारीमा डा. लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहका उम्मेदवारहरु अगाडि छन् । डा.पुष्पराज खराल नेतृत्वको प्रगतिशील समूहका एक सदस्य उम्मेदवार मात्र अगाडि देखिएका छन् ।

हालसम्म २१२७ मत गनिएको छ । त्यसमध्ये अध्यक्षमा कार्कीले १३१४ र खरालले ७८६ मत पाएका छन् । यसैगरी, महासचिव, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सहसचिवमा लोकतान्त्रिक समूहका उम्मेदवारहरु निकै अगाडि छन् । पदाधिकारीमध्ये उपाध्यक्षमा अनिलविक्रम कार्कीले सबैभन्दा बढी १४१९ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी प्रगतिशीलका रञ्जितकुमार झाले ६३० मत पाएका छन् ।

सबैभन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको महासचिव पदमा दुई प्यानलका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ । संघमा अध्यक्षपछिको प्रभावशाली पद मानिने महासचिवका लागि मैदानमा रहेका ४ प्रतिस्पर्धीमध्ये लोकतान्त्रिक समूहका डा. बद्री रिजालले ८०२ र प्रगतिशीलका डा. मधुर बस्नेतले ६२३ मत पाएका छन । दुई स्वतन्त्र उम्मेदवार हालसम्म प्रतिस्पर्धामा देखिएका छैनन । महासचिवका स्वतन्त्र उम्मेदवारद्वय डा. दीपेन्द्र पाण्डेले ३८९ र डा. अजयकुमार मिश्रले मत २५८ पाएका छन् । डा.पाण्डे सरकारी चिकित्सक संघ नेपाल (गोदान) पूर्वअध्यक्ष हुन् ।

६ सदस्यका लागि भएको निर्वाचनमा लोकतान्त्रिक समूहका ३, प्रगतिशीलका २ र स्वतन्त्र १ उम्मेदवार अगाडि देखिएका छन् । सदस्यमा सबैभन्दा बढी लोकतान्त्रिक समूहकी डा. नन्दकुमारी गुरुङले ११४७  मत पाएकी छिन । लोकतान्त्रिक समूहका डा. रितेश थापा ११०५ मतका साथ दोस्रो स्थानमा छन् । त्यसैगरीे डा. विपेश आचार्य १०२३, डा. सञ्जिव तिवारी ९५४, डा. प्रमोद जोशी ८२२ मत ल्याएका छन् । प्रगतिशीलका डा. लिजन महर्जले ९३७ मतका साथ चौथो स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय