उहानमा अमेरिकी र जापानी नागरिकको मृत्यु

चीनको उहानमा एकजना अमेरिकी नागरिको मृत्यु भएको छ। कोरोना भाइरसबाट संक्रमित भएर उपचार गराइरहेका अमेरिकी नागरिकको मृत्यु भएको अमेरिकी दूतावासले जनाएको छ।

‘एकजना ६० वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको हामीले पुष्टि गरेका छौं’ अमेरिकी दूतावासका प्रवक्ताले भनेका छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार उनलाई गत बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई उपचारका लागि जिङ्यिन्ताङ अस्पतालमा भर्ना गरिएको थियो।

त्यस्तै एकजना जापानी नागरिकको पनि उहानमै मृत्यु भएको छ।

अहिलेसम्म कोरोना भाइरसका कारण ७ सय २४ जना मानिसको मृत्यु भइसकेको छ। ८६ जना मानिसको शुक्रबार एकै दिन मृत्यु भएको थियो। तीमध्ये हुवेइमा ८१ जना र ५ जना अरु प्रान्तमा मृत्यु भएको हो।

यो भाइरसका कारण अहिलेसम्म ३४ हजार ८ सय ७६ जना मानिस संक्रमित भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय