यो जीवले फैलाएको हो कोरोना भाइरस?

चीनमा फैलिइरहेको नोबेल कोरोना भाइरस ‘छेपारो’ प्रजातिको एउटा स्तनधारी जीवबाट मानिसमा फैलिएको चिनिया अध्ययनले देखाएको छ।

साउथ चाइना कृषि विश्वविद्यालयको एक अध्ययनका अनुसार प्याङ्गोलिनसका क्रोमजोन र अहिले भाइरसबाट संक्रमित भइरहेका बिरामीको क्रोमजोन ९९ प्रतिशत मेल खाएको छ।

प्याङगोलिन ‘छेपारो’ प्रजातितको एक स्तनधारी जीव हो। यो सबैभन्दा धेरै एशिया क्षेत्रमा र अफ्रिकामा पनि पाइन्छ।

विश्वविद्यालयका अध्यक्ष लियू याहोङका अनुसार अध्ययन समूहले १ हजारभन्दा बढी जंगली जनावरहरुको क्रोमजोनको नमुना परीक्षण गरेको छ।

चिनिया समाचार एजेन्सी सिन्ह्वाका अनुसार तीमध्ये प्याङ्गोलिनसँग संक्रमित मानिसको क्रोमजोन ९९ प्रतितशत मेल खाएको छ।

एउटा वायोलोजिकल परीक्षणले प्याङ्गोलिनमा ७० प्रतिशत बेटा कोरोना भाइरस सकारात्मक देखिएको छ।

त्यसपछि उनीहरुले यो पत्ता लगाए कि प्याङ्गोलिन र संक्रमित मानिसको क्रोमजोनहरुबीच ९९ प्रतिशत तारतम्य मिलेको छ।
लियूका अनुसार प्याङ्गोलिन कोरोना भाइरस मानिसमा सार्ने एउटा सशक्त सम्भावित माध्यम हो।

उनले यो अध्ययनले कोरोना भाइरसको नियन्त्रण र उपचारमा थप सहयोग गर्ने अपेक्षा गरेका छन् र जंगली जनावरका बारेमा एकदमै कडा बैज्ञानिक नीति अवलम्बन गर्न पनि अनुरोध गरेका छन्।

सुरुमा कोरोना भाइरस मानिसमा सर्नुको एउटा मुख्य माध्यम चमेरो हुनसक्ने बताइएको थियो।

तर, यो पछिल्लो अध्ययनप्रति बैज्ञानिकहरुले चेतावनी पनि दिएका छन्।

‘यो कुनै वैज्ञानिक प्रमाण होइन’ क्याम्ब्रिज विश्वविद्यालयका पशुचिकित्सा विभागका एक डाक्टर जेम्स उड् भन्छन् ‘जनावरका प्रजातिमा अनुसन्धान गर्न राम्रो हो तर, त्यसको परिणामलाई विश्वव्यापी रुपमा परीक्षण पनि हुनुपर्छ।’

यो भाइरस कसरी मानिसमा देखियो भन्नेबारेमा अहिलेसम्म कुनै पनि प्रमाणित वैज्ञानिक तथ्य फेला परेको छैन। न यसको कुनै औषधी वा भ्याक्सिन नै छ।

डिसेम्बरको अन्त्यतिर चीनको उहान सहरबाट फैलिएको यो कोरोना भाइरस अहिले विश्वका धेरै देशमा पुगिसकेको छ।

उहान सहरमा रहेको एउटा सामुद्रिक माछा बजारबाट यो भाइरस फैलिएको हुनसक्ने अनुमान गरिएको छ। त्यो बजारमा समुद्रका माछा तथा अन्य बन्यजन्तु र जीवजनावरहरुको समेत किनबेच हुन्छ।

विश्व स्वास्थ्य संगठनले यही भाइरसको संक्रमणलाई लिएर विश्वव्यापी स्वास्थ्य संकटकाल पनि घोषणा गरिसकेको छ।

-एजेन्सीहरुकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय