शिक्षण अस्पतालमा चौथो पटक कलेजो प्रत्यारोपण

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा चौथो पटक कलेजोको प्रत्यारोपण भएको छ । शुक्रबार डा. रमेशसिंह भण्डारी नेतृत्वको प्रत्यारोपण टोलीले २७ वर्षे छोरीले दिएको कलेजो ५७ वर्षे बाबुमा प्रत्यारोपण गरेको हो ।

डा. भण्डारीका अनुसार कलेजो प्रत्यारोपण गर्नको लागि ९ घण्टा लागेको थियो । अहिले बाबुछोरीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । दुवै जनालाई अहिले आसियुमा राखिएको छ । ८/१० आइसियुमा नराखि स्वास्थ्य अवस्था के हुन्छ भन्न नसकिने भण्डारीले जानकारी दिए ।

पहिलो प्रत्यारोपणमा ३३ वर्षे छोरीले ५८ वर्षे बाबुलाई कलेजो दिएकी थिइन । चौथोँ सफलतासँगै अस्पताल प्रतिको बिरामी र संलग्न टोलीको आत्मविश्वास थप उचो भएको भण्डारीले बताए । यो सफलतासँगै नेपालमा कलेजो प्रत्यारोपणले स्थायित्व पाउने विश्वास डा. भण्डारीले व्यक्त गरे ।
‘जति धेरै केसहरु गर्दै गयो, उति हाम्रो हौसला बढ्दो छ’, उनले थपे, ‘वषौँदेखिको यो सपना अब स्थायी रुपमा साकार हुने बाटोमा छ ।’
३ साउनमा दोस्रो र १ कात्तिकमा तेस्रो पटक कलेजो प्रत्यारोपण गरिएको थियो ।

पहिलो प्रत्यारोपणमा छोरीले बाबुलाई दिएकी थिइन, दोस्रो प्रत्यारोपणमा ज्वाँईले ससुरालाई, तेस्रो प्रत्यारोपणमा छोराले बाबुलाई र यो चौथो प्रत्यारोपणमा पुन छोरीले बाबुलाई कलेजो दान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय