चिकित्सक संघमा लोकतान्त्रिक प्यानलको अग्रता फराकिलो बन्दै, मध्यरातमा १०११ मत गन्दा अध्यक्षमा मतान्तर २५८

नेपाल चिकित्सक संघ(एनएमए)को २८औँ कार्यकारिणी समितिका लागि दुई चरणमा सम्पन्न मतगणना जारी छ । शुक्रबार विहान ११ बजेदेखि सुरु भएको मतगणना शुक्रबार रातभर नै जारी रहने निर्वाचन समितिले जनाएको छ ।

पछिल्लो पटक १०११ मत गनिसक्दा अध्यक्षमा डा. लोचन कार्कीले ६३० मत पाएका छन् भने डा. पुष्पमणि खरालले ३८२ मत पाएका छन् । लुम्बिनी, जुम्ला, सुर्खेत, दाङ, भेरी, पाल्पा, पोखरा, नेपालगञ्ज र धनगढीको मतगणना भइसकेको छ ।

पछिल्लो गणनामा डा. रक्षा श्रेष्ठ ३७८, डा. शिवप्रसाद श्रेष्ठ ५८५,उपाध्यक्षमा डा. अनिलविक्रम कार्की ६९३, डा. रञ्जितकुमार झा २८३, महासचिव डा. अजय कुमार मिश्र ७८, डा. बद्री रिजाल ४५५, डा. दीपेन्द्र पाण्डे १७४, डा. मधुर बस्नेत – २७२,पाएका छन् l

कोषध्यक्षमा डा. प्रकाश बुढाथोकी ५७९, डा. सञ्जितकुमार साह ३८४, सहसचिवमा डा. निरजकुमार सिंह ६१५, डा. सैलेन्द्र झा ३२१, सहकोषाध्यक्ष डा. विश्वाराज दवाडी ६६८, डा. उदयनारायण सिंह २९८ पाएका छन् ।

सदस्यहरुमा अमित चतुर्वेदी ३०१, डा. विक्रान्त ढकाल ४०८, डा. विपेश आचार्य ४३५, डा. दीपकप्रसाद कोइराला ४०९, डा. जगदिशचन्द्र विष्ट २८५, डा. लिजन महर्जन( ४८८, डा. नन्दकुमारी गुरुङ ५७४, डा. प्रमोद जोशी ४९०, ९. डा. प्रवीणकुमार गिरी १०५, डा. राकेश कुमार साह २६०, डा. रितेश थापा ४८९, डा. सञ्जिव तिवारी ४६७, डा. सुमान काफ्ले ४४०, डा. त्रिभुवन चन्द्र झा २९१ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय