सातै पदाधिकारीमा लोकतान्त्रिक समूहको फराकिलो अग्रता, ६ सदस्यमा लोकतान्त्रिक ४, प्रगतिशीलका २

नेपाल चिकित्सक संघको २८औँ कार्यकारिणी समितिका लागि सम्पन्न निर्वाचनको जारी मतगणनामा लोकतान्त्रिक समूह अगाडि देखिएको छ । प्रारम्भिक नतिजाअनुसार अध्यक्षसहित सबै ७ पदाधिकारीमा डा. लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहका उम्मेदवारहरु अगाडि छन् । डा. पुष्पराज खराल नेतृत्वको प्रगतिशील समूहका दुई सदस्यका उम्मेदवार मात्र अगाडि देखिएका छन् ।

हालसम्म ४२२ मत मात्र गनिएको छ । त्यसमध्ये अध्यक्षमा कार्कीले ४११ र खरालले २४८ मत पाएका छन् । यसैगरी, महासचिव, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सहसचिवमा लोकतान्त्रिक समूहका उम्मेदवारहरु निकै अगाडि छन् । पदाधिकारीमध्ये उपाध्यक्षमा अनिलविक्रम कार्कीले सबैभन्दा बढी ४४५ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी प्रगतिशीलका जञ्जितकुमार झाले १९८ मत पाएका छन् ।

सबैभन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको महासचिव पदमा दुई प्यानलका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ । संघमा अध्यक्षपछिको प्रभावशाली पद मानिने महासचिवका लागि मैदानमा रहेका ४ प्रतिस्पर्धीमध्ये लोकतान्त्रिक समूहका डा. बद्री रिजालले ३०० र प्रगतिशीलका डा. मधुर बस्नेतले १७५ मत पाएका छन् । दुई स्वतन्त्र उम्मेदवार हालसम्म प्रतिस्पर्धामा देखिएका छैनन् । महासचिवका स्वतन्त्र उम्मेदवारद्वय डा. दीपेन्द्र पाण्डेले ११७ र डा. अजयकुमार मिश्रले ६१ मत पाएका छन् । डा. पाण्डे सरकारी चिकित्सक संघ नेपल (गोदान) पूर्वअध्यक्ष हुन् ।

६ सदस्यका लागि भएको निर्वाचनमा लोकतान्त्रिक समूहका ३, प्रगतिशीलका २ र स्वतन्त्र १ उम्मेदवार अगाडि देखिएका छन् । सदस्यमा सबैभन्दा बढी लोकतान्त्रिक समूहकी डा. नन्दकुमारी गुरुङले ३९९ मत पाएकी छिन् । लोकतान्त्रिक समूहका डा. रितेश ३७५ मतका साथ दोस्रो स्थानमा छन् । यस समूहबाट डा. प्रमोद ३१३ मतका साथ पाँचाैँ स्थानमा छन् भने छैटाैँ स्थानमा २८८ मतसहित डा. विपेश आचार्यकाे प्रवेश भएकाे छ ।

कुल ६ हजार १ सयभन्दा बढी मत गनिसक्नुपर्नेछ । अहिलेसम्म ६४४ मतमात्रै गनेर सकिएकाे छ।

कसलाई कति मत ?

अध्यक्ष
१. डा. लोचन कार्की- ४११
२. डा. पुष्पमणि खराल- २४८

बरिष्ठ उपाध्यक्ष
डा. रक्षा श्रेष्ठ- २५३
डा. शिवप्रसाद श्रेष्ठ – ३८४
उपाध्यक्ष
डा. अनिलविक्रम कार्की- ४४५
डा. रञ्जितकुमार झा- १९८
महासचिव
डा. अजय कुमार मिश्र -६१
डा. बद्री रिजाल-३००
डा. दीपेन्द्र पाण्डे- ११७
डा. मधुर बस्नेत – १७५
कोषध्यक्ष
डा. प्रकाश बुढाथोकी- ३९१
डा. सञ्जितकुमार साह- २४५
सहसचिब
डा. निरजकुमार सिंह-२२
डा. सैलेन्द्र झा- २११

सहकोषाध्यक्ष
डा. विश्वाराज दवाडी-४२८
डा. उदयनारायण सिंह- २०९

सदस्यहरु
१. अमित चतुर्वेदी- २५५
२. डा. विक्रान्त ढकाल-२७२
३. डा. विपेश आचार्य-२८८
४. डा. दीपकप्रसाद कोइराला-२२५
५. डा. जगदिशचन्द्र विष्ट-१७२
६. डा. लिजन महर्जन- ३०५
७. डा. नन्दकुमारी गुरुङ-३९९
८. डा. प्रमोद जोशी- ३१३
९. डा. प्रवीणकुमार गिरी- ९६
१०. डा. राकेश कुमार साह-१७९
११. डा. रितेश थापा- ३७५
१२. डा. सञ्जिव तिवारी- २७०
१३. डा. सुमान काफ्ले-२८३
१४. डा. त्रिभुवन चन्द्र झा- २२२

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय