नेपाल चिकित्सक संघको मतगणना सुरु

नेपाल चिकित्सक संघको २८औँ कार्यकारिणी समितिको मंगलबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएकाे छ।

पहिलाे चरणमा दाङ, लुम्बिनी, जुम्ला र सुर्खेत जिल्लाकाे मतगणना भइरहेकाे छ।

बिहीबार दिउँसो निर्वाचन समिति र उम्मेदवारहरूबीचको छलफलमा शुक्रबार बिहान साढे ९ बजेदेखि मतगणना थाल्ने सहमति भए पनि तयारीका कारण ११ बजेदेखि मतगणना सुरु भएकाे हाे।

यो मतगणनाको गतिविधि संघको आधिकारिक फेसबुक पेजबाट पनि लाइभ गरिने भएको छ। हेल्थपोस्ट नेपालले पनि मतगणनाको लाइभ अपडेट गर्नेछ।
अहिले मतगणना स्थलमा त्यसको प्राविधिक तयारी चलिरहेको छ।

निर्वाचन समिति र उम्मेदवारबीचको बिहीबारको बैठकमा ६ बुँदे सहमति भएको छ। मतगणना ३ ठाउँमा गर्ने, यथासम्भव प्रविधिको प्रयोग गरी गणनाको प्रत्यक्षप्रसारण गर्ने सहमति भएको छ। गणनापूर्व निर्वाचन समितिले तयार गरेको आचारसंहिताबमोजिम मतगणना गर्न सबै उम्मेदवारले सघाउने सहमति भएको छ।

कुनै मतदाताले संघका शाखा कार्यालय र केन्द्रीय कार्यालयमा दोहोरो मतदान गरेको प्रमाणित भएमा त्यस्ता मतदाताको शाखाको मत रद्द गर्ने र केन्द्रको सदर गर्ने सहमतिमा उल्लेख छ।

यसअघि बुधबार बिहानैदेखि बुलुकी अबेरसम्म चलेको मतगणनाको प्रयास विफल भएको थियो । डा। पुष्पमणि खराल नेतृत्वको पेसागत समावेशी समूह ९सत्तारूढ नेकपानिकट मानिएको० बाट महासचिवका उम्मेदवार डा। मधुर बस्नेतले एकपछि अर्को विवाद झिकेर अडान कायम राखेपछि गणना स्थगित गरिएको थियो । सुरुमा मतगणनास्थलमा क्यामेराजडानको माग उठाएका उनले पछि एक स्थानमा मात्र गणना गर्नुपर्ने, सबै मत प्रोजेक्टरमार्फत देखाइनुपर्नेलगायत अडान लिएका थिए ।

बेलुकीपख ३ ठाउँमा मतगणना गर्ने र पहिले उपत्यकाबाहिरका १६ शाखाका १८ मतदान केन्द्रको मत एकआपसमा मिसाएर गन्ने सहमतिपछि करिब ७ बजे ढ्वाङ खोलिए पनि डा। बस्नेतले पुनः विवाद झिकेपछि गणना अनिश्चित कालका लागि स्थगित भएको थियो । बिहीबार निर्वाचन समितिले सर्वपक्षीय बैठक बोलाएर सहमति गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय